LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विश्वकप रजत विजेता खो खो टोलीलाई उत्कृष्ट अवार्डसहित पुरस्कृत गरेको छ । राखेपको ६२ औँ वार्षिकोत्सवका अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा खो खो को सिनियरतर्फ राष्ट्रिय पुरुष तथा महिला टोलीलाई उत्कृष्ट अवार्डसहित पुरस्कृत गरिएको हो ।

पुरुष तथा महिला टोलीलाई समान एक लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको छ । खो खो को दुवै टोलीले भारतमा भएको प्रथम खो खो विश्वकप तथा नेपाल र भारतबीच भएको अभ्यास खेलमा रजत जितेका थिए ।


उत्कृष्ट राष्ट्रिय खेल सङ्घमा नेपाल क्रिकेट सङ्घ (क्यान) एक लाख नगदसहित पुरस्कृत भयो । यस्तै जुनियरको पुरुषमा बक्सिङका अर्पिल राना तथा महिलामा क्रिकेटकी पूजा महतो जनही ५० हजार नगदसहित पुरस्कृत भएका छन् । पारातर्फ तेक्वान्दोकी पलेशा गोबर्धन पनि ५० हजार नगदसहित सम्मानित भइन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय