सैनामैना, १६ भदौ ।
नगरको विकासमा जनप्रतिनिधिको जति भूमिका हुन्छ, त्यति नै भूमिका त्यहाँको प्रमुख प्रशासकीय अधिकृतको पनि हुन्छ भन्ने कुराको पछिल्लो उदाहरण सैनामैना नगरपालिका वनेको छ ।
नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा जीवन ज्ञवालीले जिम्मेवारी सम्हालेसंगै बिगतमा पालिकामा रोकिएका कामले गति लिएको छ । विकास निर्माणको काममा जनप्रतिनिधि र कर्मचारीको समन्वयकारी भूमिका भयो भनेमात्रै त्यो पालिका विकासमा अघि बढ्छ भन्ने कुराको उदाहरण प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली बन्नुभएको छ ।
सैनामैना नगरपालिकाले लामो समयदेखि भोगाधिकार नपाउँदा रोकिएको फोहरमैला व्यवस्थापनको कामले गति लिएको छ । प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको सकृयता र जनप्रतिनिधिहरुको पहलमा सरकारले सैनामैना नगरपालिकालाई सैनामैना १० मा रहेको एकला पहाडको जग्गा फोहर मैला व्यवस्थापनका लागि भोगाधिकार दियो ।

काठमाण्डौंको कुनै एक मन्त्रालयमा जग्गा भोगाधिकारको फाईल आफै गएर मन्त्रलयहरुमा नपु¥याएको भए सायद यति छिटै निर्णय हुने थिएन ।
त्यसैगरी सैनामैना नगरपालिका वडा नं. ११ मा निर्माण भएको हेल्थपोष्टको जग्गा प्राप्तिमा पनि प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको प्रयास प्रशंसनीय रहेको छ ।
नगरपालिकाले हेल्थपोष्टका लागि जग्गाको भोगाधिकार दिन मन्त्रालयमा सिफारिस गरेको थियो । तर, जग्गा प्राप्तिको फाईल अघि बढाउने र सदर गराएर अन्तिम किनारासम्म पु¥याउने कामममा ज्ञवालीको भूमिका प्रमुख रहेको बिर्सन सकिदैन ।
सैनामैना नगरपालिकाको विकासमा अहिले एडिबीले ठूलो लगानी गरेको छ । त्यो परियोजनाले सैनामैनाको विकासमा कायापलट हुने देखिएको छ । यस काममा पनि प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको योगदानलाई यहाँका जनताले विर्सिएका छैनन ।
शिक्षा अडिटका नाममा ठूलो रकमको दुरुपयोग भएको थियो । विगतदेखि नै बसेको गलत अभ्यास नियन्त्रण गर्न कम्ति सकस थिएन तर साझा टेलिभिजनले खोज समाचार प्रसारण गरेपछि प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले शिक्षा अडिटका नाममा भैरहेको मनपरी रोक्ने काम गर्नुभयो ।
पछिल्लोसमय सैनामैना नगरपालिकाका प्रत्येक वडामा प्राविधिक पठाउने कामको नेतृत्व पनि प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले नै गर्नुभयो । नगरपालिकामा प्राविधिक बस्ने र सेवाग्राहीले सेवा लिन पालिका नै धाउनुपर्ने अवस्थाको अन्त्यका लागि प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले पहलकदमी लिनुभयो ।
अहिले हरेक वडाबाट प्राविधिक सेवाको सुविधा सेवाग्राहीले पाउन थालेका छन जसका कारण सेवाग्राहीलाई पालिकासम्मै आउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको नेतृत्वमा भएका कामको बर्णन गरियो भने फेहरिस्त नै तयार हुन्छ ।
पालिकाको सुशासन, फजुल खर्च नियन्त्रण, तेलमा भैरहेको चुहावट नियन्त्रण, बेरूजु फस्र्यौट लगायतका काममा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको नेतृत्वदायी भूमिकाको जति सराहना गरेपनि कम हुन्छ ।
त्यसैगरी लामो समय एकै स्थानमा बसेका वडा सचिवहरुको सरुवा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले आफै गर्नुभयो । यसबाट लामो समय एकै स्थानमा बस्ने र काममा ढिलाई गर्ने प्रवृत्तिको अन्त्य हुने विश्वास गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीकै पहल र नेतृत्वमा सैनामैना नगरपालिका बेरुजु शून्य पालिका बन्ने अभियानमा छ । यसमा पनि ज्ञवालीको ठूलो भूमिका रहेको छ ।




कुनैपनि कार्यालयमा कार्यरत कर्मचारीलाई अनुशासित, जिम्मेवार, कामप्रति लगनशील र जवाफदेही वनाउन कार्यालयको नेतृत्व गर्ने प्रशासकको ठूलो भूमिका हुन्छ भन्ने कुरा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको नेतृत्वले पुष्टी गरेको छ ।
नगरपालिकाको कार्यालय व्यवस्थापनमा सेवाग्राहीले समेत नयाँ अनुभूति गरेका छन । नगरपालिकामा कार्यरत कर्मचारीहरुमा समेत प्रमुख प्रशासकीय अधिकृतको काम गर्ने शैलीबाट हौसला बढेको कर्मचारीहरु बताउँछन ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा आएपछि अधिकृत ज्ञवालीले कर्मचारीहरुलाई अनुशासित, समयबद्ध र पेशाप्रति प्रतिवद्ध बनाउन ठूलो पहल गरेको बताइएको छ ।




