LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

 

नबिन घिमिरे
१७ भदौ
रुपन्देहीको सैनामैना नगरपालिकाले जनताले पाउने सेवा सुबिधालाई सहज बनाउन वडा बाटै धरै सेवा दिन शुरुवात गरेको छ । जस अन्तरगत अति अशक्त, अपांग र जेष्टनागरिकहरुलाई प्रत्येक बर्ष नबिकरण गर्नुपर्ने सामाजिक सुरक्षाभत्ता नबिकरण गर्न वडामा धाईरहनु पर्ने बाध्यतालाई सैनामैना नगरपालिकाले सहज बनाएको छ ।


नगरका बिभिन्न वडामा रहेका सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने र वडा कार्यालयमा आउन नसक्ने अति अशक्त,अपांग र जेष्टनागरिकहरुको घर घरमा जनप्रतिनिधि र कर्मचारीहरुनै गई सामाजिक सुरक्षा भत्ता नबिरकण गरिएको छ ।

जस अन्तरगत वडा नं. ११ मा ११ जना, वडा नं. १० मा २५ जना र वडा नं. ४ मा १७ जना अति अशक्त, अपांग र जेष्टनागरिकहरुको बायोमेट्रीद्धारा नबिकरण गरिएको एम आई एस अपरेटर महेश गैरेले बताउनु भयो । बाकी वडामा भदौ मसान्त सम्म नबिकरण गरेर सकिने गैरेले बताउनु भयो ।


त्यस्तै घर नक्सा र सामान्य बिकासको योजनाको लागि नगरपालिका धाउनुपर्ने बाध्यतालाई पनि हटाउन नगरले एक वडा एक प्राबिधिकको ब्यबस्था गरिसकेको छ । जस्ले गर्दा स्थानियहरुले केही राहातको महशुष गरेको बताउछन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय