नबिन घिमिरे
१७ भदौ
रुपन्देहीको सैनामैना नगरपालिकाले जनताले पाउने सेवा सुबिधालाई सहज बनाउन वडा बाटै धरै सेवा दिन शुरुवात गरेको छ । जस अन्तरगत अति अशक्त, अपांग र जेष्टनागरिकहरुलाई प्रत्येक बर्ष नबिकरण गर्नुपर्ने सामाजिक सुरक्षाभत्ता नबिकरण गर्न वडामा धाईरहनु पर्ने बाध्यतालाई सैनामैना नगरपालिकाले सहज बनाएको छ ।




नगरका बिभिन्न वडामा रहेका सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने र वडा कार्यालयमा आउन नसक्ने अति अशक्त,अपांग र जेष्टनागरिकहरुको घर घरमा जनप्रतिनिधि र कर्मचारीहरुनै गई सामाजिक सुरक्षा भत्ता नबिरकण गरिएको छ ।
जस अन्तरगत वडा नं. ११ मा ११ जना, वडा नं. १० मा २५ जना र वडा नं. ४ मा १७ जना अति अशक्त, अपांग र जेष्टनागरिकहरुको बायोमेट्रीद्धारा नबिकरण गरिएको एम आई एस अपरेटर महेश गैरेले बताउनु भयो । बाकी वडामा भदौ मसान्त सम्म नबिकरण गरेर सकिने गैरेले बताउनु भयो ।

त्यस्तै घर नक्सा र सामान्य बिकासको योजनाको लागि नगरपालिका धाउनुपर्ने बाध्यतालाई पनि हटाउन नगरले एक वडा एक प्राबिधिकको ब्यबस्था गरिसकेको छ । जस्ले गर्दा स्थानियहरुले केही राहातको महशुष गरेको बताउछन् ।




