१८, भदौ, लुम्बिनी
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख स्व.सजरुद्दिन मुसलमानको निधन भएको ५ औ पुण्य तिथीको दिन नेपाली कांग्रेश लुम्बिनी साँस्कृतिक नगरपालिका कार्यसमितिको आयोजनामा शोक सभा सम्पन्न भएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाका वडा नम्बर ३ पडरियामा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेश केन्द्रीय सदस्य भरतकुमार शाहले नगर प्रमुख स्व.सजरुद्दिन मुसलमानको निधनले नेपाली कांग्रेश पाटीले एक होनहार योद्धा गुमाएको बताउदै उहाँले गर्न खोजेका अधुरा कामहरुलाई आफुले सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।




भावुक मुद्रामा देखिएका नेता शाहले शोक सभामा बोल्दै स्व.सजरुद्दिन मुसलमानले नगरपालिकामा निर्वाचित भए पछि कुनै धर्मलाई काखा पाखा नगरीकन राज धर्म निभाउनु भएको उल्लेख गदै सबै धर्म संस्कृतीको संरक्षणमा अग्रणी भुमकिा निभाएको भन्ने कुरा उहाँको निधनमा सबै धर्म मान्य जनताहरुको उल्लेख्य उपस्थिीतीले प्रमाणित गरेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेश प्रदेश सदस्य फकुरुदिन खानले निर्वाचनको बेला लुम्बिनीका जनताहरुको माग रहेको लुम्बिनी क्षेत्रको मुख्य समस्या फोहरमैला ब्यबस्थापनको काम निर्वाचनको प्रतिबद्धता अनुसार नगर प्रमुख स्व.सजरुद्दिन मुसलमानले अगाडी बढाउनु भएको बताउदै स्व. मुसलवानले आफ्नो अदभुुत क्षमताको प्रर्दशन गरि सो काम सफल बनाएको बताउनु भयो ।
नेपाली कांग्रेश लुम्बिनी साँस्कृतिक नगरपालिकाका कार्यवाहक सभापति राधेश्याम गुप्ताको सभापतित्व रुपन्देही क्षेत्र नं. ५ ख का सचिब अशोक गोस्वामीको सञ्चालनमा सम्पन्न शोक सभा कार्यक्रममा संबिधान सभा सदस्य तथा सिद्धार्थ नगपालिकाका नगर प्रमुख इस्तिहाक अहमद खाँ, लुम्बिनी प्रदेश सभा सदस्य वसीउद्दिन खाँ, लुम्बिनी प्रदेश सभा सदस्य देवि चौधरी, कुसुम ज्ञवाली, जिल्ला समन्वयन प्रमुख उमाकान्त चापागाई, बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे, रुपन्देही क्षेत्र नं. ५का सभापति वसीउल्लाह मुसलवान लगायतले स्व..सजरुद्दिन मुसलमानको निधनले सिंगो पाटीपंक्ती दुखि बनाएको बताउदै उहाँको सादगी जिवनको चर्चा गदै उहाँबाट आफुहरुले शिक्षा लिनुपर्ने बताउनुभएको थियो ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ३ पडरिया निवासी मुसलमानको सनिवार बिहान ९ बजे निधन भएको हो ।




