LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडक संघर्षको तयारी थाल्ने निर्णय गरेको छ । वर्षायाम र चाडबाड सकिएपछि सडक संघर्ष सुरु गर्ने गरी तयारी गरेको हो ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भन्नुभयो, ‘सरकारले जनताका मागहरू सम्बोधन गरेको पनि छैन । सुशासनको मामला कमजोर भएको छ, भ्रष्टाचार झन्झन् बढेको छ । यस परिस्थितिमा अहिले वर्षा पनि छ र चाडबाड पनि चाँडै आउँदैछ । अब सडक संघर्षको तयारी गर्नुपर्छ ।’
उहाँले भन्नुभयोे, ‘सडक संघर्ष गर्दाखेरि हामीले तात्कालीन कार्यनीतिक सवालहरुलाई पनि उठाएर लैजाने, रणनीतिक विषयहरूलाई पनि उठाएर लैजाने । अर्थात संविधानले व्यवस्था गरेको लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद र त्यसको साथसाथै समाजवादउन्मुख राज्यव्यवस्थाका स्वरूपहरू र त्यसका प्रष्ट दृष्टिकोणका बारेमा अब जनमत सिर्जना गर्दै जाने र भोलि हुने संघर्षमा त्यसलाई जोड्ने ।’सापकोटाले बताउनु भयो
प्रवक्ता सापकोटाका अनुसार बैठकले मध्यपहाडी लोकमार्गमा २१ भदौदेखि पार्टीको अभियान पुनः सुरु गर्ने निर्णय समेत गरेको छ ।
पार्टीको अनुशासन, गुट–उपगुट अन्त्य गर्ने लगायतका विषयमा पनि छलफल भएको तर निर्णय नभएको सापकोटाले बतानुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय