LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाली कांग्रेसले रुपन्देही–३ को उपचुनावमा उम्मेदवार चयन गर्दा विगतभन्दा भिन्न शैली अपनाउने भएको छ । केन्द्रको निर्देशनअनुसार तल्लो तहले आकांक्षी उम्मेदवारको नाम सिफारिस गर्ने पद्धतिलाई यसपटक निरन्तरता नदिने भएको छ ।

उम्मेदवार चयनमा भिन्न शैली अख्तियार गर्न दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अवधारणामा ‘आइडिया फोर’ अवलम्बन गरिएको छ ।
कांग्रेसको विधानअनुसार एक महिलासहित तीनजना आकांक्षीको नाम उपल्लो तहमा सिफारिस गर्ने व्यवस्था छ । उक्त व्यवस्था हाल लागु नगरी उम्मेदवार चयन गर्न लागिएको छ ।
आइडिया फोरअन्तर्गत रहेर उम्मेदवार चयन गर्न पार्टी नेताहरू फरकफरक चरणमा निर्वाचन क्षेत्रमा पुगेका छन् ।

पहिलो चरणमा महामन्त्री विश्वप्रकाश शर्मा दुईपटक निर्वाचन क्षेत्र पुगे । दोस्रो चरणमा दुईजना, त्यसपछि पाँचजना र हाल २० जनाको टोली क्षेत्रमा पुगेर वस्तुगत अवस्था अध्ययन गरिरहेको छ । महामन्त्री शर्मा सहित २८ जनाको टोलीले मतदाताको चाहनाअनुसारको उम्मेदवार उठाउनका लागि क्षेत्रमा अध्ययन गरिरहेको छ ।
उम्मेदवार चयन गर्दा पार्टीमा निरन्तरता, योग्यता र सम्भाव्यता खोजिने भएको छ । कांग्रेसका एक पदाधिकारीका अनुसार उम्मेदवार हुन इच्छुकका लागि यी तीन मापदण्डमा व्यक्तिको गणितीय र मनोवैज्ञानिक समीक्षा गरिने भएको छ ।
उम्मेदवार हुनका लागि अर्को मापदण्ड ‘इन्टिग्रीटी भिटिङ सिस्टम’ को गहिरो अध्ययन गरिने भएको छ । कुनै आर्थिक अपचलनमा संलग्न रहे÷नरहेको, जातीय विभेदको कुनै कर्ममा विगतमा संलग्न रहे÷नरहेको, पारिवारिक सम्बन्धमा परम्परागत मर्यादा कायम रहे÷नरहेको, बालश्रम, घरेलु हिंसा लगायतमा संलग्न रहे÷नरहेको र अन्य कुनै पनि सामाजिक विसंगतिको दुष्कर्ममा विगतमा संलग्न रहे÷नरहेको अध्ययन गरेर मात्रै टिकट वितरण गरिने भएको छ ।

उम्मेदवार हुन इच्छुक व्यक्तिका विषयमा मतदाताहरूको रायसमेत सुनिने भएको छ । उम्मेदवारको आकांक्षी व्यक्तिको सामाजिक प्रभाव, समाजको प्रश्न, असन्तुष्टि र मतदाताबाट कांग्रेसलाई सुझाव समेत मागिने भएको छ । समाजका भिन्नभिन्न क्षेत्रका व्यक्तिहरूसँग अनौपचारिक शैलीमा सुझाव संकलन गरिने भएको छ ।

क्षेत्रमा कांग्रेसको उम्मेदवार तय गर्ने क्रममा गएको टोलीले अनौपचारिक रूपमा पार्टीको अवस्था र नागरिकका गुनासाहरू समेत संकलन गर्नेछ ।
मतदातासँग अनौपचारिक छलफल गर्ने टोलीले पार्टी सदस्य र शुभेच्छुकहरूको धारणासमेत माग्नेछ । साथै, पार्टीको विभिन्न तहको नेतृत्व एवं सदस्य, नेतृत्वका प्रतिस्पर्धी, पूर्व नेतृत्व, भ्रातृ र शुभेच्छुक संस्थाको नेतृत्व एवं सदस्यसँग अनौपचारिक संवाद हुनेछ ।
लुम्बिनीका एक प्रदेश सदस्यका अनुसार यस क्षेत्रमा उम्मेदवार हुन कांग्रेसबाट सातजना आकांक्षी छन् । क्षेत्र भित्रका ४, रुपन्देहीको अर्को क्षेत्रमा २ र बाहिरी जिल्लाबाट एकजनाले आकांक्षा राखेका छन् । मतदाताकहाँ जाँदा अध्ययन टोलीले आकांक्षी सबैका बारेमा अनौपचारिक रूपमा सुझाव र राय संकलन गर्ने भएको छ ।शीर्ष तहका एक नेताका अनुसार आइडिया फोरअन्तर्गत प्राप्त सुझावका आधारमा पार्टीले उम्मेदवार चयन गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय