LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको आयोजनामा जिल्लास्तरीय जुनियर÷युवा अन्तर विद्यालय वक्तृत्वला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीको ६३ औं स्थापना दिवसको अवसरमा बिहीबार भैरहवामा कार्यक्रम गरिएको रेडक्रस रुपन्देहीका सभापति रामचन्द्र उपाध्यायले बताउनुभयो ।

प्रतियोगितामा जुनियरतर्फ लुम्बिनी बोर्डिङ स्कूल बुटवलका जिविका बस्याल प्रथम, कलोनी कान्तिपुर ईङ्लिस स्कूल सैनामैनाका रमित ज्ञवाली द्वितीय, श्री बुद्धदीप अंग्रेजी बोर्डिङ माविका प्रसिद्धि देवकोटा तृतीय, श्री सिद्धार्थ मेमोरियल एकेडेमी सैनामैनाका अनुज घिमिरे र गोल्डेन फ्युचर इङलिस स्कूलका गौरव कंडेल सान्त्वना हुनुभएको थियो ।

त्यस्तै युवातर्फ एभरेष्ट आवासीय मावि बुटवलका नेहारिका ज्ञवाली प्रथम, न्यू होराइजन मावि बुटवलका तेजस्वी नेपाल द्वितीय, दिव्य ज्योति इङलिस स्कूलका अंशिका चौधरी तृतीय, दुर्गा शैक्षिक गृहका प्रिन्सु पौडेल र गणेश ज्ञानज्योति पब्लिक हाई स्कूलका आस्मा रिजाल सान्त्वना हुनुभएको थियो ।


प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. ५ हजार, द्वितीयलाई ४ हजार, तृतीयलाई ३ हजार र सान्त्वना हुनेलाई रु. २ हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा रेडक्रसका २० वटा उपशाखाबाट छनौट भएका जुनियरतर्फ १२ र युवा रेडक्रस सर्कलतर्फ १५ जना विद्यार्थीहरुको सहभागीता थियो ।प्रतियोगिताको निर्णायक संयोजकमा वनमाली निराकार, निर्णायकमा उद्वव देवकोटा, शैलेन्द्र तुलाधर र माया न्यौपाने रहनुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय