LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

जारी भएको छ ।
जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कफ्र्यू लगाइएको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले कफ्र्यु आदेश जारी गर्नुभएको हो ।
त्यसअघि सोमबार दिउँसो युवाहरुको समूह जेनजी पुस्ताले रुपन्देहीको बुटवलमा पनि प्रदर्शन गरेको छ । प्रदर्शनमा सयौँ युवाहरु सहभागी भएका थिए ।
बुटवलसँगै सो पुस्ताले काठमाडौँ, विराटनगर, चितवन, पोखरा लगायतका स्थानमा प्रदर्शन गरेका छन् ।
युवाहरुले सरकारविरुद्ध आक्रोसपूर्ण नारा लगाएका थिए भने राजमार्ग चौराहाबाट सुरु भएको जेनजीहरुको प्रदर्शन बुटवल उपमहानगरपालिकासम्म पुगेको थियो ।
सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा उनीहरुले देशभर प्रदर्शन गरेका हुन् ।
यसैबीच यसैबीच रुपन्देहीको भैरहवास्थित कांग्रेस जिल्ला पार्टी कार्यालय र त्यहाँ पार्किङ गरिएका जिल्लास्तरीय नेताका ४ वटा गाडीमा सोमबार दिउँसो तोडफोड गरिएको छ ।
बीपी जयन्ती अवसरमा आयोजना गर्न लागिएको म्याराथनलगायत विषयमा छलफल भइरहेका बेला एक्कासी आएको युवाहरूको समूहले पार्टी कार्यालय र गाडीमा ढुंगामुढा प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन ।
कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङका अनुसार पार्टी कार्यालयभित्र छलफल चलिरहेका बेला आक्रमण भएको हो ।
जेनजीको समूहले बुटवलमा रहेको नेकपा एमालेको पार्टी कार्यालय समेत घेराउ गर्दै ढुंगामुढा गरेका थिए ।
यसैबीच सोमबार साँझ सैनामैनाको बुद्धनगरमा समेत युवाहरुको एक समूहले प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय