LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० मा रहेको विश्व शान्ति युवा क्लबले फुटवल खेलाडी एरोन थापा मगरलाई सम्मान गरेको छ । शनिवार सालझण्डीमा आयोजित खेलाडी सम्मान कार्यक्रममा अन्डर २३ राष्ट्रिय फुटवल टिममा पर्न सफल एरोन थापा मगरलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रमको अवसरमा क्लबका सदस्यहरु, सल्लाहकार, पूर्व अध्यक्षहरु लगायत क्लबका सदस्यहरूले खेलाडी एरोन थापा मगरलाई सम्मान सम्मान गरिएको हो ।

विश्व शान्ति युवा क्लबका कार्यबाहक अध्यक्ष रेजिन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सैनामैना नगरपालिका वार्ड नं १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले खेलाडीहरु राष्ट्रका गहना हुन भन्दै एरोन थापा राष्ट्रिय टिममा पर्न सफल हुनुले सैनामैनाको गौरव बढेको महसुस भएको बताउनुभयो ।

उहाँले एरोन थापा मगरलाई आगामी दिनमा फुटवल खेलमा लागेर देश र सैनामैनाकै नाम राख्न सफलता मिलोस भन्ने शुभकामना समेत दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय