LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

रुपन्देहीको सैनामैनामा सामाजिक एकता कायम गर्ने उद्देश्यले सोमबार साँझ अमर शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शान्ति सदभाव ¥याली तथा दिप प्रज्वलन गरिएको छ ।

सैनामैना उद्योग बाणिज्य संघ र सैनामैना व्यापार संघको आयोजनामा भएको शान्ति सदभाव ¥यालीको सहआयोजकमा सैनामैनामा कृयाशील विभिन्न सामाजिक संघ संस्थाहरु रहेका थिए ।

सैनामैनाको कलौनीमा रहेको शहिद नारायण पोखरेल रामापुर क्याम्पसबाट सुरु भएको ¥याली कलौनीको बुद्धचोकमा आई समापन भएको थियो । शान्ति सदभाव ¥यालीमा सहभागीहरुले सामाजिक सदभाव कायम गरौं, शान्ति र सदभाव उज्वल नेपाल, सदभावले ब्यापार बढछ, विग्रहले ब्यापार घटछ, सदभावमा विकास, शान्तिमा प्रगति, एकता र सदभाव विना सम्मृद्धि संभव छैन, शान्ति र सुरक्षा कायम गर, विचार र

आस्थामा विविधता, समाजमा राखौं एकता भन्ने जस्ता प्लेकार्ड बोकेका थिए ।
सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण पोखरेलले सामाजिक सदभाव कायम राख्न शान्ति र सदभाव ¥याली आयोजना गरिएको बताउँदै शान्ति र सदभावले मात्रै सैनामैनाको भविष्य उज्वल हुने बताउनुभयो ।

त्यसैगरी सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेलले शान्ति र सदभाव कायम भएमात्रै सैनामैनाको विकासमा सहयोग पुग्ने भएकोले सवैलाई संयम अपनाउन आग्रह गर्नु भयो ।

सैनामैनामा कृयाशील विभिन्न सामाजिक संघ संस्थाका करिव एक सय बढी प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा सामाजिक एकता र सदभावले मात्रै शान्ति स्थापना हुने भएकोले सामाजिक एकता र सदभाव बढाउन आग्रह गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय