LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लुम्बिनी साँस्कृतिक नगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको ठेक्का सम्झौता भएको छ ।
नेपाल सरकार, एसियाली विकास बैंक र लुम्बिनी साँस्कृतिक नगरपालिकाको आर्थिक प्राविधिक सहयोगमा निर्माण हुने प्रशासनिक भवन निर्माणको जिम्मा बाबुल एनबी जेभीले पाएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीका अनुसार प्रशासनिक भवन निर्माणको सम्झौता असोज २८ गते मंगलवार भएको छ भने बिक्रम सम्बत २०८४ साल असोज २७ गते भवन निर्माण सम्पन्न गर्नुपर्ने अवधी तोकिएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न. ३ लन्कापुर र ठुलो पडरियाको बिचमा तेलार नदी संगैको जग्गामा प्रशासनिक भवन निर्माणको लागि २५ करोड ७० लाख ८६ हजार ६ सय ९८ मा ठेक्का सम्झौता भएको हो ।


लुम्बिनी सांस्कृतिक नगरपालिकाले नगरको प्रशासनिक भवन निर्माणका लागि जग्गा छनौट, नेपाल सरकारबाट जग्गा प्राप्ति, नेपाल सरकार र एसियाली विकास बैकसंग समन्वय, सहजिकरण र सहकार्यका लागि सवैसंग आभार प्रकट गर्दै धन्यबाद दिएको छ ।

त्यसैगरी अन्य प्राविधिक प्रकृयाहरुमा पूर्ण साथ र सहयोग प्रदान गर्ने र सहभागिता जनाउनु हुने नगरवासी, वडा नम्बर ३ का वडावासी, नगर कार्यपालिका, ३ न. वडा समिति, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय भैरहवा, भुमी व्यवस्था विभाग काठमाण्डौ, नेपाल सरकार र एसियाली विकास बैंक प्रति नगरपालिकाले धन्यवाद सहित आभार प्रकट गरेको छ ।
नगरपालिकाले प्रशासनिक भवन निर्माण गुणस्तरिय रुपमा र तोकिएकै समयमा निर्माण पक्षले सम्पन्न गर्ने अपेक्षा समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय