काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की छठ पूजामा सहभागी भएकी छिन् । कार्की कमलपोखरीमा पुगेर छठ पूजामा सहभागी भएकी हुन् । प्रधानमन्त्री कार्कीले सूर्यसहित छठी माताको पूजा आराधना गरेकी छिन् । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।





photo Corporate Angle
छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ ।अस्ताउँदो सूर्यलाई अर्घ दिने छठ पर्वको मुख्य दिन सरकारले सार्वजनिक बिदा दिएको छ । वर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।



