LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |
युवा तथा खेलकुद मन्त्रालयमा आइतबार नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता पदबहालीपश्चात मन्तव्य राख्नुहुँदै । तस्बिरः गोपाल दाहाल/रासस

काठमाडौं, ११ कात्तिक । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै कारण विकासका काम अघि बढ्न नसकेको बताएका छन् । मन्त्री गुप्ताले आफ्नो गृहजिल्ला सिरहाको भ्रमणका क्रममा जेनजी समूह लहानले आयोजना गरेको सम्मान तथा भेटघाट कार्यक्रममा देशभर नीतिगत भ्रष्टाचार व्यापक बनेको र त्यसकै परिणामस्वरूप जनतामा असन्तुष्टि र विद्रोहको भावना बढ्दै गएको बताएका हुन् ।

“शिक्षा, स्वास्थ्य, खेलकुदलगायत सबै क्षेत्रको उचित विकास नहुनुको मूल कारण नीतिगत भ्रष्टाचार नै हो”, मन्त्री गुप्ताले भने, “यही भ्रष्टाचारको अन्त्यका लागि भएको जेनजी आन्दोलनमा युवाहरूले बलिदान दिनुपर्ने स्थिति आयो ।”

उनले जेनजी आन्दोलनलाई पनि भ्रष्टाचारको अन्त्य र रोजगारी सिर्जनाका मागमा केन्द्रित जनआन्दोलनको रूपमा व्याख्या गरे । “यो आन्दोलनले युवाको आवाज र चाहना स्पष्ट रूपमा देखाएको छ”, उनले भने, “अब सरकारले युवाको सोच र आकांक्षाअनुसार नीति बनाउनुपर्छ ।”

मन्त्री गुप्ताले लहानमा रहेको खेलकुद क्षेत्रका पुराना विवाद र नीतिगत अनियमितताको विषयमा पनि चर्चा गरे । उनले बलान पुल नजिकको लहान खेलकुदको सात बिघा पाँच कट्ठा १७ धुर जग्गाको उचित मूल्य नउठेको र त्यसमा पनि नीतिगत भ्रष्टाचार भएको बताए । “यो प्रकरणको फाइल म आफैँले खोजी गरिरहेको छु”, उनले भने ।

गृहजिल्ला आएको अवसरमा मन्त्री गुप्ताले लहान–१५ स्थित जेनजी सहिद विजय चौधरीको परिवारसँग सोमबार भेटघाट गरेका थिए । सो अवसरमा उनले सहिद परिवारलाई सरकारले बेवास्ता गर्न नहुने र सहिदका सपना पूरा गर्ने दिशामा आफू सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरे । मन्त्री गुप्ताले आगामी दिनमा सिरहाको खेलकुद क्षेत्रको पूर्वाधार निर्माण र युवा कार्यक्रमका लागि विशेष पहल गर्ने आश्वासन दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय