LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लुम्बिनी ।  नेपाल लुम्बिनी संस्कृतिक नगरपालिकाले  एनएसपीएलको पहिलो विजेता लुम्बिनी राइडर्स टिम लाई  रु २ लाख को नगद पुरस्कार द्वारा सम्मान गरेका छ । नेपालमा पहिलोपटक आयोजना गरिएको Nepal Street Premier League (NSPL) को पहिलो संस्करणमा विजयी भई ऐतिहासिक सफलता हासिल गर्न सफल लुम्बिनी राइडर्सका सम्पूर्ण टिमलाई लुम्बिनी साँस्कृतिक नगरपालिकाले हार्दिक बधाई तथा शुभकामना प्रकट गरेकाे हाे ।

यस विजयले लुम्बिनी प्रदेशको गौरव अभिवृद्धि एतिहास रचेको छ सम्पूर्ण नेपाली खेलकुद क्षेत्रलाई नयाँ प्रेरणा र उत्साह प्रदान गरेको छ । नगरपालिकाले टिमको अनुशासन, एकता, मेहनत र उत्कृष्ट प्रदर्शनप्रति उच्च सम्मान व्यक्त गर्दै आगामी दिनहरूमा पनि खेलकुदको विकास, प्रगति र राष्ट्रिय गौरव अभिवृद्धिमा अझ उल्लेखनीय योगदान पुगोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गरेको छ ।

गौतम बुद्धको जन्मभूमि लुम्बिनीको ऐतिहासिक पत्रित स्थलबाट प्रेरित लुम्बिनी राइडर्स टिमले नेपालको पहिलो पटक आयोजना हुन लागेको नेपाल सुपर प्रिमियर लिग (एनएसपीएल) मा सहभागिता जनाएको थियो। यो टिम लुम्बिनी प्रदेशको तर्फबाट प्रतिस्पर्धा गर्नेछ। कार्तिक १५ गतेदेखि काठमाडौंमा सुरु हुने यो रोमाञ्चक लिगमा लुम्बिनी राइडर्सले आफ्नो यात्रा सुरु कार्यक्रमको मुख्य आकर्षण बनेको थियो – टिमका लागि अहमद हुसैनलाई कप्तान घोषणा। अहमद हुसैन, जो नेपाली क्रिकेटका अनुभवी खेलाडी हुन्, लुम्बिनी राइडर्सको नेतृत्व गर्ने जिम्मेवारी पाएका थिए .एनएसपीएल नेपालको क्रिकेट इतिहासमा एक महत्वपूर्ण कोसेढोङ्गा हो। यो लिगमा विभिन्न प्रदेशका टिमहरूबीच कडा प्रतिस्पर्धा हुनेछ। लुम्बिनी राइडर्सले  टिममा अनुभवी नेपाली खेलाडीहरूका साथै अन्तर्राष्ट्रिय स्तरका प्रतिभाहरू पनि समावेश थिए जसले टिमलाई थप बलियो बनाएको थियो ।

लुम्बिनी सास्कृतिक नगरपालिका युवा समासेवी संघसंस्था वडा अध्यक्ष नगरवासी सम्पूर्ण जनाहरुले  सम्मान गनु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय