LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेकपा (एमाले) ले आफ्नो एघारौं महाधिवेशनका लागि आज देशैभरी प्रतिनिधि छनौट गरेको छ । एमाले केन्द्रीय कार्यालयका अनुसार सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेद्वारी मनोनयन भएको छ । केही निर्वाचन क्षेत्रमा सहमती जुटिसकेको एमाले पदाधिकारीहरुको भनाइ छ ।

सहमती नजुटेका क्षेत्रहरुमा शनिवार निर्वाचन भएको छ । विभिन्न जिल्लाहरुले अनुकुलता अनुसार मतदानको समय तय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।


गौतमका अनुसार संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवाहरुसहित करिब २ हजार प्रतिनिधि छनौट हुदैछन् ।
यस्तै, प्रवास, जनसंगठन र विभागहरुबाट करिब १ सय प्रतिनिधि छनौट हुनेछन् । एमालेको ११ महाधिवशेनमा करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधि छनौटका लागि केन्द्रीय संगठन विभागले सिफारिस गरेको प्रस्तावलाई पार्टी सचिवालयले यसअघि पनि पास गरेर मातहतका कमिटीमा पठाइसकेको छ ।

कात्तिक १५ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले गरेको निर्णय अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति १२०० सदस्यमध्ये खुला दुई जना र महिला एक जना निर्वाचित गर्नुपर्नेछ ।

यसरी प्रतिनिधि छान्दा एक जना ४० वर्षभन्दा कम उमेरका युवा अनिवार्य हुनुपर्ने व्यवस्था छ ।
केन्द्रीय कमिटीबाट ३ सय ५४ जना स्वतः प्रतिनिधि हुनेछन् । त्यस्तै अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५, सल्लाहकार परिषद्बाट २५ जना प्रतिनिधि रहनेछन् ।
एमालेको एघारौं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय