LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका ४ मा रहेको पर्रोहा माध्यमिक विद्यालयमा नेपाली सेनाद्वारा सञ्चालित जुनियर राष्ट्रिय सेवा दल (एनसीसी) तालिमको पहिलो चरण सम्पन्न भएको छ ।
विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी क्याडेटहरूले उच्च अनुशासन, सैनिक कला र नेतृत्व क्षमताको उत्कृष्ट प्रदर्शन गरेका थिए । उनीहरूले मार्चपास, खुकुरी ड्रिल, तेक्वान्दो र एरोबिक्स जस्ता सीपहरू प्रस्तुत गरेका थिए ।


विद्यार्थी क्याडेटहरूले तालिम पश्चात् सिकेका सीपहरूमा सैनिक शैलीको अनुशासन र सम्मान प्रदर्शन गर्दै मार्चपास र सलामी अर्पण, आत्मरक्षाको कला देखाउँदै खुकुरी ड्रिल, शारीरिक तन्दुरुस्ती र आत्मसुरक्षा सिपमा एरोबिक्स र तेक्वान्दो तथा मिलिट्री सिपको आधारभूत ज्ञानमा सैनिक कला प्रर्दशन गरेका थिए । श्री तारादलका गणपति प्रमुख सेनानी कल्याण पाण्डेका अनुसार श्री राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय हात्तिखोर ५१ औं जुनियर डिभिजन अन्तर्गत पर्रोहा माध्यमिक विद्यालयका ३० जना विद्यार्थीहरूले तालिममा सहभागिता जनाएका थिए ।

विद्यालयमा नियमित ७९ दिनसम्म चलेको प्रशिक्षणले विद्यार्थीहरूमा नेतृत्व विकास, अनुसाशन, निःस्वार्थ सेवाको भावना, र राष्ट्रप्रेम जस्ता गुणहरूको विकास गरेको छ ।
विद्यालयस्तरमा सिकाई सिप समापन गरिएपनि तालिमको अन्तिम चरण बाँकी छ । अब बाँकी २१ दिन क्याडेटहरूका लागि श्री राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय हात्तिखोरमा विशेष आवासीय क्याम्पसहित प्रशिक्षण आयोजना गरिनेछ । एक सय दिनको प्रशिक्षणपश्चात सम्पूर्ण चरण पार गरेपछि उनीहरूलाई योग्यता अनुसारको दज्र्यानी चिह्न प्रदान गरिने छ ।

कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले विद्यार्थीहरूको प्रदर्शनको उच्च प्रशंसा गर्दै एनसीसी कार्यक्रमले देश नवनिर्माणमा महत्वपूर्ण इँटा थप्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक बल बहादुर के.सी.ले कक्षा ८, ९, र १० मा अध्ययनर ३० जना विद्यार्थी शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणपछि जुनियर एमसीसी तालिमका लागि छनोट भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय