रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियामा रहेको सप्तऋषि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारण सभा तथा छैठौं अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
अधिवेशनले मित्रबहादुर एसी क्षेत्रीको अध्यक्षतामा निर्विरोध नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा जमुना पोखरेल, सचिवमा होमनाथ अर्याल र कोषाध्यक्षमा कृष्णकला काफ्ले रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा दिनकुमारी पोखरेल, हरिप्रसाद पन्थी, माया ढकाल, कृष्णप्रसाद चौधरी र यज्ञकुमारी गौतम रहनुभएको छ । अधिवेशनले लेखा समिति संयोजकमा अशोक खडका र सदस्यहरुमा सावित्रा पोखरेल र चेतनारायण पाण्डेलाई चयन गरेको छ ।

त्यसअघि साधारण सभा तथा अधिवेशनको एक समारोहका बीच उदघाटन गर्दै संस्थाका सल्लाहकार तथा ज्येष्ठ सदस्य हरिप्रसाद भट्टराईले सप्तऋषि सहकारीले सेयर सदस्यहरुबाट संकलन गरेको रकम सेयर सदस्यहरुमै लगानी गरेर आर्थिक आय आर्जनमा टेवा पु¥याएको बताउनुभयो ।
सहकारीका अध्यक्ष प्रेमबहादुर बानियाले सप्तऋषि बचत तथा ऋण सहकारी संस्था सहकारीका सेयर सदस्यहरुका लागि एउटा मेरुदण्डको रुपमा स्थापित भएको बताउँदै सहकारीलाई बलियो बनाउन सहकारीका सेयर सदस्यहरुले ठूलो भूमिका खेलेको बताउनुभयो ।




उहाँले शरीरको मेरुदण्डबाट नै यो शरीर चलेजस्तै सहकारी सेयर सदस्यहरुका लागि यो सहकारी मेरुदण्ड जस्तै हो भन्नुभयो । उहाँले आफू सेयर सदस्य भएको सहकारी कसरी चलेको छ भन्ने विषयमा सहकारीका सेयर सदस्यहरुले आगामी दिनमा आफ्नो उत्तरदायित्व सम्झेर खबरदारी गर्न समेत आग्रह गर्नुभयो ।
सहकारीका अध्यक्ष प्रेमबहादुर बानियाँको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशन उदघाटन सत्रमा लेखा समिति संयोजक चित्रबहादुर केसी, सल्लाहकार रामकृपाल चौधरी, शैक्षिक ब्यक्तित्व चेतनारायण पाण्डे लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन सचिव मित्रबहादुर एसी क्षेत्री र व्यवस्थापक कोषराज बस्नेतले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष जमुना पोखरेलले गर्नुभएको थियो ।

साधारण सभा तथा अधिवेशनको अवसरमा उत्कृष्ट बचतकर्ताहरुलाई सम्मान गरिएको छ । जसमा बाल बचततर्फ सम्राट बस्नेत, खुत्रुके बचततर्फ दिपसन आचार्य, ऐच्छिक बचततर्फ नवराज आचार्य र आवधिक बचततर्फ टिकाबहादुर थापा क्षेत्री रहनुभएको छ ।
त्यसैगरी आर्थिक बर्ष २०८१÷०८२ को १२ कक्षाको परिक्षामा उत्कृष्ट अंक ल्याउने सेयर सदस्य गोकर्ण आचार्य र रिता आचार्यका छोरा अनिस आचार्यले अक्सफोर्ड सेकेण्डरी स्कुल बुटवलबाट तीन दशमलब ७० जीपिए ल्याई उत्तिर्ण भएकोमा पुरस्कृत गरिएको थियो ।
त्यसैगरी केशबराज अर्याल र मालती पोखरेलकी छोरी झरना अर्यालले कान्ति सेकेन्डरी स्कुलबाट तीन दशमलब ५८ जीपीए ल्याई उत्तिर्ण भएकोमा सम्मान गरिएको थियो । त्यसैगरी योगदानमा आधारित योजनामा सहभागी चेतनारायण पाण्डे, उर्मिला पाण्डे र मोतिलाल न्यौपानेलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने सदस्यता बृद्धि अभियानमा योगदान गरेकोमा सरस्वती भट्टराईलाई सम्मान गरिएको थियो ।




