LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

१० पुस, कञ्चन
ईशान शर्माको मृत्युको कारण प्रहरीद्वारा सार्वजनिक गरिएको प्रतिवेदन विरुद्ध पिडितका आफन्त, छिमेकी र स्थानीयहरुले ईलाका प्रहरी कार्यालय रुद्रपुर, सालझण्डी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा समेत दवाव स्वरुप जुलुस सहित घेराउ गरेका छन।
मृतक ईशान शर्माका आफन्त, छिमेकी, छिमेकी र स्थानीयहरु मध्यान्न १२ बजे ईशानको घरमा जम्मा भई ईलाका प्रहरी कार्यालय रुद्रपुर हुदै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पुगेर ईशानको घटनाको सत्य तथ्य अनुसन्धान गरी वास्तविक दोषी पत्ता लगाउन दवाव दिन दिउँस २ बजेदेखि जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा धर्ना सहित नारावाजी गरेका थिए।

प्रहरीले ईलाका प्रहरी कार्यालय बुटवलमा कञ्चन गाउँपालिकाका जनप्रतिनीधि र पिडितका आफन्तहरुको उपस्थितिमा ईशानको कुनै हत्याबाट नभई लु २ ख ४९४८ नम्वरको फोर्स गाडीले ठक्कर दिई मृत्यु भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो। ईशान शर्माको मृत्युबारे जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सूरज कार्की र इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख तथा प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाको संयुक्त कमाण्डमा अनुसन्धान भइरहेको छ।
तर उक्त प्रतिवेदन प्रति असहमती जनाउदै मृतक शर्माको आमा रमा शर्मा, बुवा अर्जुन शर्मा, ठूलो बुवा पुष्पराज शर्मा र दिदि सारिका, स्नेह शर्मा लगायत आफन्त र स्थानीयहरुले ईशानको मृत्यु गाडीको ठक्करबाट नभई सुनियोजित रुपमा गरिएको हत्या भएको र वास्तविक दोषीलाई उन्मुक्ती दिन दमी दोषी खडा गरिएको भन्दै असहमती जनाएका छन।

पुस २ गते देखि परिवारसंग सम्पर्क विहिन भएका ईशान दुई दिन पछि असोज ३ गते घर नजिकैको नालीको ढकन मुनी टाउको पछाडी गम्भिर चोट सहित आँखा फोडिएको अवस्थामा मृत भेटिएका थिए।
मृतक शर्माका बुवा अर्जुन शर्मा र आमा रमा शर्माले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा बास्तबमा ून्याय मरेको देश रहेछ हाम्रो, छोरा इशान शर्माको हत्या प्रकरणलाई सडक दुर्घटना बनाउने प्रयास। यो निर्णयमा कुनैपनि हालतमा मान्य छैन ।ू भन्दै असहमती जनाउनु भएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही पुगेका पिडितका आफन्तहरुलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय रुरुपन्देहीका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी सूरज कार्कीले अनुन्धानको क्रममा तीनजनालाई नियन्त्रणमा लिइ निजहरुमाथी अनुन्धान भइरहेको र अझै अन्तिम निष्कर्षमा नपुगिसकेको बताउदै अनुसन्धानमा सहयोग गर्न आग्रह गर्नु भएको थियो।
मृतक शर्माका ठूलो बुवा पुष्पराज शर्माले भने वास्तविक दोषी पत्ता नलगाएम्म छोराको शव नबुझ्ने तर अनुसन्धानका लागि प्रहरी प्रशासनलाई अन्तिम समयम्म ाथ दिइने समेत प्रतिवद्धता जनाउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय