रुपन्देहीको सैनामैना नगरपालिका ३ मा रहेको सुनगाभा पब्लिक इङलिश बोर्डिङ स्कुलले विहिवार २९ औं बार्षिकोत्सव मनाएको छ ।
बार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेले लुम्बिनी प्रदेशको सम्मृद्धि खेल र पर्यटनको विकासबाटै संभव रहेको उल्लेख गर्नुभयो । उहाँले सुनगाभा पब्लिक स्कूलले यस क्षेत्रको शैक्षिक विकासमा विगत तीन दशकदेखि ठूलो सहयोग पु¥याउँदै आएको उल्लेख गर्नुभयो । आन्तरिक तथा बिदेशी पर्यटकलाई लुम्बिनी भ्रमण गराउन सके पर्यटन प्रबद्र्धन समेत टेवा पुग्ने भन्दै मन्त्री पाण्डेले लुम्बिनी प्रदेशको सम्मृद्धीमा नीजि विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय सदस्य जे.वि.क्षेत्रीले भोलिको नेपालको भविस्यको जग आजका बालबालिका रहेको उल्लेख गर्दै सुनगाभा पब्लिक स्कुलले शिक्षा क्षेत्रमा गरिरहेको योगदानले भोलिको नयाँ नेपाल निर्माणमा सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
विद्यालयका शैक्षिक सल्लाहकार कृष्ण पंगेनीले सुनगाभाले शैक्षिक क्षेत्रको विकासमा गरेको योगदानले यो विद्यालय सैनामैना नगरमै मात्र होइन, देशमै उत्कृष्ट विद्यालयको रुपमा स्थापित हुन सफल भएको बताउनुभयो ।
नेशनल प्याब्सन केन्द्रिय उपमहासचिब कृष्ण प्रसाद पौडेल, सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख चित्रबहादुर कार्की, नगर शिक्षा समिती सदस्य कमला पौडेल लगायतले बोल्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्कुलका प्रिन्सिपल तिलब केसीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा स्कुलले प्रकाशन गरेको सुनगाभा प्रतिविम्व नामक पुस्तकको समेत बिमोचन गरिएको थियो ।
कार्यक्रममा स्वागत शिक्षक केदार कार्कीले गर्नुभएको थियो भने संचालन सहायक प्रिन्सिपल कमल पौडेलले गनुर््भएको थियो ।
बार्षिकोत्सवको अवसरमा विद्यालय स्थापना गर्न उल्लेखनीय भूमिका खेल्ने स्कुलका संस्थापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिलाई समेत सम्मान गरिएको थियो भने गौतमबुद्ध प्रेस क्लबकी सचिव अनिता चौधरीलाई नगद सहित सम्मान गरिएको थियो ।







