LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा विहिवार क्रिसमस दिवस मनाइएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका ८ बाँसगढीमा बप्तिस रिभाईबल मण्डली चर्चको आयोजनामा भएको क्रिसमस शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सवै धर्मको आ– आफ्नो आस्था र विश्वास रहेको बताउँदै सबै धर्म संस्कृतिको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले क्रिसमस इसाई धर्मावलम्बीको महत्वपूर्ण चाड रहेको चर्चा गर्दै यो धर्मले मानवतालाई जोडनुपर्नेमा जोड दिनुभयो । अन्याय, अत्याचार, दुराचार, भ्रष्टाचार, बिकृति र बिसंगति बढिरहेको बेला त्यसको अन्त्यका लागि यशुको जन्म भएको बताउँदै उहाँले येशुले नै न्याय र सत्कर्मका पक्षमा दिएका सन्देश र बचनहरु महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।

आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका वडा नंं ८ का वडा अध्यक्ष बुद्धिराम चौधरीले जीवनलाई राम्रो बनाउन, सुखमय बनाउन, शान्तिमय बनाउन क्रिसमस जस्तो पर्वको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले नेपालीहरु हिन्दु, बौद्ध, मुस्लिम, क्रिश्चियन लगायतका धर्ममा आस्था राख्ने गरेको बताउँदै सवै धर्म संस्कृतिको सम्मान र श्रद्धा गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बप्तिस रिभाईबल मण्डली चर्चका अध्यक्ष पास्टर सुरेश श्रेष्ठले नेपाल बहुजातीय, बहुधार्मिक र बहु संस्कृति भएको देश हो भन्दै सवै धर्म संस्कृतिको रक्षा र सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल साझा फूलबारी भएको देश हो भन्दै आफ्नो ह्दयले चाहेको धर्म संस्कृति मनाउनु पर्ने बताउनुभयो । हाम्रो देश सवैको साझा फूलबारी हो भन्दै उहाँले साझा फूलबारीमा विभिन्न जातका फूलहरु फुल्न पाउनु पर्ने बताउनुभयो ।

बप्तिस रिभाईबल मण्डली चर्चका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन इन्दु रानाले गर्नुभएको थियो । कार्यक्रममको सुरुमा दिर्घनारायण चौधरीले प्रार्थना गर्नुभएको थियो । कार्यक्रमको अवसरमा संगीत झुण्ड, कोरस तथा भजन प्रस्तुत गरिएको थियो । क्रिसमसको अवसरमा नेपाल सरकारले विहिवार सार्वजनिक बिदा दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय