सैनामैना ।
सैनामैना ६ मा रहेको रामापुर माध्यमिक विद्यालयमा शिक्षक/अभिभावक संघ गठन भएको छ। सम्पन्न भेलाले सर्वसम्मत रूपमा पिताम्बर ज्ञवालीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो।




नवनिर्वाचित शिक्षक/अभिभावक संघको सदस्यहरूमा शोभाखर पौडेल, मधु ज्ञवाली, जस्मिना भण्डारी, लक्ष्मी खनाल, कमला पौडेल, माधव ज्ञवाली, नन्दराम पोखरेल, गीता घिमिरे र कृष्णप्रसाद पौडेल चयन भएका छन्। संघको सदस्य सचिवको जिम्मेवारी मेनुका पोखरेललाई दिइएको छ।
यसैबीच, बुधबारनै बसेको शिक्षक/अभिभावक संघको पहिलो बैठकले विद्यालयको पारदर्शिता र आर्थिक अनुशासन कायम गर्न सामाजिक परीक्षण समिति (लेखा समिति) पनि गठन गरेको छ। सामाजिक परीक्षण समितिको अध्यक्षमा पिताम्बर ज्ञवाली चयन हुनुभएको छ। 
समितिका सदस्यहरूमा विष्णुप्रसाद भुसाल, बसन्ता आले केशी, दीपक दगाँसे, झकप्रसाद पोखरेल तथा एक जना विद्यार्थी सदस्य रहने व्यवस्था गरिएको छ। समितिको सदस्य सचिवको जिम्मेवारी अम्बिका ज्ञवालीलाई दिइएको छ। यो समिति गठन संगै बिद्यालयमा पारदर्शिता र आर्थिक अनुशासन कायम गर्न मद्यत पुग्ने आशा गरिएको छ ।
भेलामा अभिभावकहरूको सक्रिय र उल्लेख्य उपस्थिति रहेको थियो। सहभागी अभिभावकहरूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, व्यवस्थापन सुधार र पारदर्शी सञ्चालनका लागि शिक्षक/अभिभावक संघले प्रभावकारी भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका छन्।




