LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाह र कुलमान घिसिङबीच छलफल भएको छ । शनिबार भएको छलफलमा बालेनले रास्वपाबाट आएको प्रस्तावका बारेमा कुलमानलाई जानकारी गराएका थिए ।

स्रोतका अनुसार बालेनले रास्वपाको प्रस्ताव बारे ब्रिफिङ गर्दै बाहिर आए जस्तो सहमति नभएको स्पष्ट गरेका थिए । बालेन र कुलमानबीच यसअघि नै एक साथ देश विकास पार्टीलाई अगाडी बढाउने सहमति भएको थियो ।

यस बिचमा रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन तयार भएपछि अहिले कार्यदल स्तरमा छलफल जारी रहेको छ । बालेन निकट र रास्वपामा रवि लामिछानेका निकटहरुले हाल सांगठानिक भागबण्डा र चुनाव चिन्हका विषयमा कुरा नमिलेको बताएका छन् । बालेनले कुलमान घिसिङ, सिके राउत, हर्क साम्पाङ र विभिन्न जेनजी समुहहरुलाई समेट्नुपर्ने भन्दै रास्वपाको अहिलेको सांगठनिक अवस्थामा आफ्नो स्पष्ट भूमिका खोजेका छन् ।

अर्कोतर्फ लामिछानेले भने बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएपछि संगठनमा आफ्नो पकड कायम रहनुपर्ने र रास्वपाको नाम र चुनाव चिन्हबाटै अगाडी बढ्नुपर्ने अडान राखेको बुझिएको छ । यद्यपि यो विषय हाल रास्वपाबाट शिशिर खनाल र असिम शाह तथा बालेनका तर्फबाट कुमान बेन र भूपदेव शाहबीच छलफल भइरहेको छ । उनीहरु सहमत भएपछि मात्र आज बालेन र रविबीच अन्तिम छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय