LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |
Smoke rises from an area in the direction of Al Udeid Air Base, which houses the Qatar Emiri Air Force and foreign forces including the US, in Doha on February 28, 2026, following a reported Iranian strike. The United States and Israel launched strikes against Iran on February 28, with Israel’s public broadcaster reporting that supreme leader Ayatollah Ali Khamenei had been targeted, as the Islamic republic retaliated with barrages of missiles at Gulf states and Israel. (Photo by Mahmud HAMS / AFP)

  चैत ५, २०८२ बिहीबार

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले मध्यपूर्वमा रहेका नेपालीको सहयोगका लागि १ करोड रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय छ ।

१२औँ महाधिवेशनबाट गठित कार्यसमिति बैठकले राहत काेष स्थापना गर्ने निर्णय गरेको एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले जानकारी दिनुभयो । उहाँकाअनुसार सङ्घका पदाधिकारी तथा सदस्यहरूबाट न्यूनतम १ करोड रुपैयाँ सङ्कलन गर्ने र त्यो विशेष टास्क फोर्सको योजनाअनुसार र मध्यपूर्वमा रहेका नेपाली नागरिकको सहयोगका लागि खर्च गरिनेछ ।

साथै सङ्घका पदाधिकारीहरूले कुनै पनि राजनीतिक दल तथा भ्रातृ सङ्गठनहरूमा आबद्ध नहुने प्रतिबद्धता जनाएका छन् । अध्यक्ष शर्माकाअनुसार पदाधिकारीहरूले सामाजिक सञ्जालमार्फत राजनीतिक टिप्पणी, गालीगलौज वा व्यक्तिगत चरित्रहत्या नगर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरेका छन् ।

अहिले सङ्घमा  झन्डै १ लाख ३० हजार सदस्य छन् । प्रत्येक सदस्यबाट कम्तीमा १ डलरङ्संकलन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय