LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

चैत १७, २०८२ मंगलबार

दार्चुलाकाे शैल्यशिखर नगरपालिका–४ ओसिलामा आज बिहान जीप दुर्घटना हुँदा सिँचाइ कार्यालयका दुई जना कर्मचारीको ज्यान गएको छ ।

सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६४१ नम्बरको जीप दुर्घटना हुँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत सब–इन्जिनियर मालिकार्जुन गाउँपालिका–७ की मनिषा पाल र अर्का कर्मचारी शैल्यशिखर–१ का भरतबहादुर तितराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दुर्घटनामा जीप चालकसहित चार जना घाइते भएका छन् । शैल्यशिखर नगरपालिका–४ का जीप चालक प्रकाश ठगुन्ना, विक्रम महर, अकबर महरा र मीनबहादुर पाल घाइते हुनुहुन्छ । उहाँहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

जीप दुर्घटना हुनुको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय