LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकन नतिजामा सैनामैना नगरपालिका रुपन्देही जिल्लामै पहिलो स्थान हासिल गर्न सफल भएको छ।

रुपन्देहीका १६ स्थानीय तहमध्ये सैनामैना नगरपालिका ७३.१ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो। प्रारम्भमा माघ २९ गते प्रकाशित नतिजाप्रति असन्तुष्टि जनाउँदै नगरपालिकाले पुनर्मूल्यांकनको माग गरेको थियो। सोही अनुरोधपछि पुनः सार्वजनिक गरिएको नतिजामा सैनामैनाले उत्कृष्ट स्थान हासिल गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले जानकारी दिनुभयो।

आयोगले स्थानीय तहहरूको मूल्यांकन १७ वटा सूचकका आधारमा गरेको थियो। जसमा समयमै बजेट सार्वजनिक तथा पारित गरेको/नगरेको, राजस्व व्यवस्थापन, प्रदेश सरकारलाई बुझाउनुपर्ने रकम नियमित दाखिला गरेको/नगरेको, बजेट समीक्षा, तथा आगामी आर्थिक वर्षको प्रक्षेपण पेश गरेको/नगरेको जस्ता पक्ष समेटिएका छन्।

यसैगरी बजेट खर्चको अवस्था, राजस्व परिचालन, बेरुजु व्यवस्थापन, सूत्र सफ्टवेयरको प्रयोग, विद्यालय भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गराउने महिलाको अनुपात, एसईई नतिजा तथा खोप लगाएका बालबालिकाको प्रतिशतसमेत मूल्यांकनका प्रमुख आधार बनेका छन्।

समग्र सूचकहरूमा उत्कृष्ट प्रदर्शन गर्दै सैनामैना नगरपालिका जिल्लामै नमूना स्थानीय तहका रूपमा स्थापित भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय