LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

  चैत २०, २०८२ शुक्रबार

प्रतिनिधिसभाको सभामुखका लागि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले मनोनयन दर्ता गराउनुभएको छ ।

सिंहदरबारमा रहेको सङ्घीय संसद् सचिवालयमा पुगेर महासचिव पदम पाण्डेलाई सभामुख पदको उम्मेदवारीका लागि अर्यालले मनोनयनपत्र बुझाउनुभएको हो । उहाँको प्रस्तावकमा पार्टीका सभापति तथा सांसद रवि लामिछाने र समर्थकमा स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल हुनुहुन्छ ।

अर्याल गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य चुनावमा काठमाण्डौ क्षेत्र नम्बर–९ बाट निर्वाचित हुनुभएको हो । यसअघि उहाँ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत बन्नुभएको थियो ।

सङ्घीय संसद् सचिवालयकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । आजै साढे २ बजे उम्मेदवारको सूची प्रकाशित हुनेछ ।

सभामुख पदको चुनाव पर्सि आइतवार गर्ने तालिका छ । पर्सिको प्रतिनिधिसभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्नेछन् ।

रास्वपा प्रतिनिधिसभामा १८२ सिटसहित ठूलो दल रहेकाले अर्याल सभामुख हुने निश्चित छ । रास्वपाको हिजाे बसेको बैठकले सभामुखमा उपसभापति अर्याललाई अघि सार्ने निर्णय गरेको थियो ।

सभामुख पदको चुनावपछि चैत २३ गते राष्ट्रियसभा उपाध्यक्ष पदका लागि चुनाव हुनेछ । त्यसका लागि चैत २२ गते मनोनयन दर्ताको कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय