LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रूपन्देही जिल्लाको सैनामैना नगरपालिका–४ मुर्गियास्थित मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि शनिवार मतदान भएको छ ।
नयाँ नेतृत्वका लागि १६ पदमा कुल ४७ जना उम्मेदवार चुनावी मैदानमा छन् । ४ हजार ६ सय ८६ मतदातामध्ये २ हजार ८ सय ७१ अर्थात ६१ दशमलब ५ प्रतिशतले मतदान गरेका छन ।

संस्थाका अध्यक्ष प्रेमबहादुर बानियाँले विहान ८ बजेदेखि सुरु भएको मतदान साँझसम्म चलेको बताउँदै संस्थाको नयाँ नेतृत्वका लागि उपभोक्ताको उत्साहजनक सहभागिताले यो खानेपानी संस्थाप्रति उपभोक्ताको आकर्षण बढेको प्रमाणित भएको बताउनुभयो । उहाँले अव आउने नयाँ नेतृत्व छान्न उपभोक्ताको उत्साहजनक उपस्थितले खानेपानीप्रति उपभोक्ताको लगाव अझै बढीरहेको बताउनुभयो ।

यसैगरी निर्वाचन समितिका संयोजक खुसीराम चौधरीले धेरै मत बदर नहोस भन्ने उद्देश्यले मतदातालाई मतदान गर्ने बारे शिक्षा प्रदान गरिएको बताउनुभयो । उहाँले मतदाता शिक्षाका लागि सोसल मिडिया प्रयोग गरिएको बताउँदै ४८ घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारीमा रहेको उल्लेख गर्नुभयो ।

नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा देवीदत्त सुवेदी, नेत्र थापा र लालबहादुर रावल प्रतिष्पर्धामा हुनुहुन्छ । त्यसैगरी उपाध्यक्षमा बसन्ता रेग्मी क्षेत्री, गिता अधिकारी र रमादेवी उपाध्यायबीच प्रतिष्पर्धा छ । सचिवमा लक्ष्मी श्रेष्ठ, मोहनकुमार सिंजाली र निर्मलराज पौडेल, कोषाध्यक्षमा बिष्णुकुमारी थापा, कृष्णकला काफ्ले र राधा पौडेल, सहसचिवमा सरिता घिमिरे आचार्य, छविलाल रेग्मी, छविलाल पन्थ र माधवप्रसाद पौडेलबीच प्रतिष्पर्धा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय