LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चन गाउँपालिका आयुर्वेद शाखाको आयोजनामा दुइ दिने जीवनशैली तथा तनाव व्यवस्थापनको लागि ध्यान कार्यक्रम सम्पन्न भएको छ ।
ध्यान गरौं तनाव भगाऔ, स्वास्थ्य जीवन अपनाऔं भन्ने नाराका साथ आईतबार र सोमबार भएको तनाव व्यवस्थापन कार्यक्रम आयुर्वेद चिकित्सक डा. विपी तिमिल्सिनाले आयुर्वेद सम्वन्धि प्रशिक्षण दिनुभएको थियो ।
नवराज ढकालले उहाँबाट धेरै कुरा सिक्न सकिने बताउँदै उहाँले दिएको सल्लाह थोरै मात्रैपनि ग्रहण गर्न सक्यौ भने पनि हाम्रो स्वास्थ्य, हाम्रो समाज सवैलाई रुपान्तरण गर्न सकिने भन्दै उहाँबाट सिकेका कुरा हामी सवैले आफ्नो जीवनमा प्रयोगमा ल्याउनुपर्छ भन्नुभयो ।

यसैगरी कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापाले डा. विपी तिमिल्सिनाको प्रशिक्षणबाट हामीले हाम्रो जीवनशैलीमा धेरै परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको बताउँदै भान्साबाटै हाम्रो जीवन सुधार गर्नुपर्ने आवश्यकता बोध भएको बताउनुभयो । उहाँले हाम्रो समाजको नकारात्मकता चिर्नका लागि पनि सकारात्मक सोँचका साथ जीवनशैली सुधार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षण दिदै आयुर्वेद चिकित्सक डा. विपी तिमिल्सिनाले अंग्रेजी दबाईभन्दा आयुर्वेदिक दबाईले कुनै प्रत्यक्ष असर नपर्ने भन्दै स्वस्थ्य जीवनका लागि आयुर्वेद शैली अपनाउन आग्रह गर्नुभयो । उहाँले भान्सा नै ठूलो अस्पताल हो भन्दै निरागी हुन भान्सा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको संचालन कञ्चन गाउँपालिकाका प्रशासकीय अधिकृत गिरिराज अर्यालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय