LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

पश्चिम  नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीले निम्त्याएको कटानको जोखिम न्यूनीकरण गर्न तटबन्ध निर्माण तीव्रगतिमा अघि बढेको छ । नदी किनारमा भइरहेको यो बृहत् तटबन्ध निर्माणले स्थानीय र उनीहरूको जग्गाजमिनलाई सुरक्षित बनाउने विश्वास लिइएको छ ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय चितवनका कार्यालय प्रमुख डा. नारायणप्रसाद सुवेदीका अनुसार सुस्ता क्षेत्रमा करिब नौ सय मिटर लम्बाइको तटबन्ध निर्माणका लागि १४ करोड रुपियाँको लागतमा काम भइरहेको छ ।

तोकिएको समयमै र मापदण्ड अनुसार गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको कार्यालयले जनाएको छ । बर्खायामअगावै तटबन्ध निर्माण कार्य सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख डा. सुवेदीले नारायणी नदीको बहाब र कटानको उच्च जोखिम रहेको सुस्ता क्षेत्रमा नौ सय मिटर लम्बाइको तटबन्ध निर्माण भइरहेको र यसले दीर्घकालीन रूपमा कटान नियन्त्रणमा सहयोग पु¥याउने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सुस्ता क्षेत्रको भौगोलिक संवेदनशीलतालाई ध्यानमा राख्दै यो तटबन्ध निर्माण निकै महìवपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँहरूले निर्माणमा आइपर्ने प्रशासनिक वा अन्य बाधाअड्चन हटाउन र समन्वयात्मक भूमिका निर्वाह गर्न प्रशासन सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नारायणी नदीको कटानका कारण बर्सेनि जोखिममा पर्दै आएको सुस्ता क्षेत्रमा निर्माणाधीन यस तटबन्धले स्थानीयमा ठुलो राहतको महसुस गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय