LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

२०, बैशाख , पोखरा ।
कस्मेटिक व्यवसायी संघ कास्कीको १२औँ साधारणसभा सम्पन्न भएको छ । कस्मेटिक व्यवसायी संघ कास्कीका अध्यक्ष लक्ष्मण आचार्यको अध्यक्षता र पोखरा चेम्बर अफ कमर्शका अध्यक्ष उमराज बास्तोलाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।


साधारणसभाको अवसरमा कक्षा १२ उत्तीर्ण गरेका एक जना छात्रा र पुराना ब्यबसायीहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि उमराज बास्तोला   सहित पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, थोक ब्यबसायी संघका अध्यक्ष उषा तिमिल्सिना, थोक ब्यबसायी संघका अध्यक्ष रमेश पौडेल, कस्मेटिक ब्यबसायी संघका पुर्ब अध्यक्ष प्रेम सुवेदी, सस्थापक अध्यक्ष विष्णु बास्तोला, दुर्गा बराल लगायतले व्यावसायिक हक हित बारे बोलेका थिए ।
साधारणसभाले महासचिव सांगठनिक प्रतिबेदन, कोषाध्यक्षको आर्थिक प्रतिबेदन सर्वसम्मत पारित गरेको छ ।
शारदा बराल भुजेलको संयोजकत्वमा भएको कार्यक्रममा अध्यक्ष लक्ष्मण आचार्यले स्वागत गरेका थिए भने सञ्चालन संस्थाका महासचिव हेमराज बरालले गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय