LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

राष्ट्रिय लोकभजन चुटक संंरक्षण प्रतिष्ठान नेपाल सैनामैना वडा नंं ८ को आयोजनामा   १०९ औं लोकभजन तथा सत्संग कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

भजन प्रतियोगितामा ६ समूह सहभागी रहेका थिए । जसमा कालिका भजन समूह प्रथम भएको छ भने सिद्धिविनायक भजन समूह दोश्रो, भुवनेश्वर महिला भजन समूह तेश्रो तथा बालभजन समूह सान्त्वना भएको छ ।

कार्यक्रमको अध्यक्षता राष्ट्रिय लोकभजन चुटक संंरक्षण प्रतिष्ठान नेपाल सैनामैना वडा नंं ८ का अध्यक्ष इश्वरीप्रसाद ज्ञवालीले गर्नुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथी सैनामैना नगरपालिका वडा नंं ८ का वडा अध्यक्ष बुद्धिराम चौधरी र राष्ट्रिय लोकभजन चुटक संंरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय उपमहासचिव नारायण प्रसाद भुसालले पछिल्लोसमय देशव्यापी भजन जागरण सुरु भएको बताउँदै संस्कृति संरक्षणमा नयाँ पुस्तालाई पनि जोडनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा स्वागत मन्तब्य कालिका भजन समूहका चोलाकान्त भट्टराई, राष्ट्रिय लोकभजन चुटक संंरक्षण प्रतिष्ठान नेपाल रुपन्देहीका अध्यक्ष कमला अधिकारी र नगर अध्यक्ष कृष्णप्रसाद कँडेलले ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको संचालन सैनामैनाका नगर संयोजक विष्णुप्रसाद घिमिरे र वडा सचिव रमादेवी पाण्डेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय