राष्ट्रिय लोकभजन चुटक संंरक्षण प्रतिष्ठान नेपाल सैनामैना वडा नंं ८ को आयोजनामा १०९ औं लोकभजन तथा सत्संग कार्यक्रम शनिवार सम्पन्न भएको छ ।




भजन प्रतियोगितामा ६ समूह सहभागी रहेका थिए । जसमा कालिका भजन समूह प्रथम भएको छ भने सिद्धिविनायक भजन समूह दोश्रो, भुवनेश्वर महिला भजन समूह तेश्रो तथा बालभजन समूह सान्त्वना भएको छ ।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय लोकभजन चुटक संंरक्षण प्रतिष्ठान नेपाल सैनामैना वडा नंं ८ का अध्यक्ष इश्वरीप्रसाद ज्ञवालीले गर्नुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथी सैनामैना नगरपालिका वडा नंं ८ का वडा अध्यक्ष बुद्धिराम चौधरी र राष्ट्रिय लोकभजन चुटक संंरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय उपमहासचिव नारायण प्रसाद भुसालले पछिल्लोसमय देशव्यापी भजन जागरण सुरु भएको बताउँदै संस्कृति संरक्षणमा नयाँ पुस्तालाई पनि जोडनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा स्वागत मन्तब्य कालिका भजन समूहका चोलाकान्त भट्टराई, राष्ट्रिय लोकभजन चुटक संंरक्षण प्रतिष्ठान नेपाल रुपन्देहीका अध्यक्ष कमला अधिकारी र नगर अध्यक्ष कृष्णप्रसाद कँडेलले ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको संचालन सैनामैनाका नगर संयोजक विष्णुप्रसाद घिमिरे र वडा सचिव रमादेवी पाण्डेले गर्नुभएको थियो ।




