LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवल, जेठ २ गते । अर्घाखाँचीको छत्रदेव गाउँपालिका ७ काहुले विसौना जन्मघर भई हाल बुटवल ९ मिलनचोक निवासी छोरा रामप्रसाद पाण्डे, बुहारी शर्मिला पाण्डे, नाति प्रमाण पाण्डे, नातिनी बुहारी सुनिता पाण्डे र नाती प्रतीक पाण्डेले बुबा आमा र हजुरबुबा हजुर आमाको नाममा स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको छ ।

आर्थिकरुपमा विपन्न तर जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले छत्रदेव ७ काहुले भुस्कातमा रहेको सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले शिवकला गुणानीधि जेहेन्दार अक्षयकोष २०८३ स्थापना गरिएको हो ।
१ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोषबाट आउने ब्याजको रकम हरेक बर्ष उक्त विद्यालयको एकजना उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिनेछ ।
शुक्रबार विद्यालयमा आयोजित एक समारोहका बीच अक्षयकोष स्थापना गर्नुहुने रामप्रसाद पाण्डे र शर्मिला पाण्डेको तर्फबाट उक्त रकम बराबरको चेक विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पाण्डेलाई हस्तान्तरण गर्नुभयो ।

त्यस अवसरमा बोल्दै अक्षयकोषका संस्थापक रामप्रसाद पाण्डेले भौगोलिक रुपमा विकट उक्त विद्यालयको बालबालिकालाई थोरै भएपनि प्रोत्साहन गर्ने उद्देश्यले बुबा आमाको नाममा अक्षयकोष स्थापना गरेको बताउनु भयो ।
उहाँले आफूले पनि सोही स्कुलमा अध्ययन गरेकोले अहिले जहाँ बसेपनि जन्मस्थान भएको गाउँमा केही भएपनि सामाजिक क्षेत्रमा योगदान गरौं भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको बताउनुभयो ।

यस्तै अक्षयकोष संस्थापक शर्मिला पाण्डेले भौगोलिक रुपमा विकट गाउँका जेहेन्दार विद्यार्थीलाई अध्ययनमा थोरै भएपनि प्रोत्साहन होस भन्ने उद्देश्यले परिवारको तर्फबाट अक्षयकोष स्थापना गरेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पाण्डेले पहाडबाट बसाई सराई गर्ने क्रम बढिरहेको बेला गाउँका स्कुलमा विद्यार्थी टिकाउन समस्या परिरहेको अवस्थामा यस प्रकारको अक्षयकोष स्थापनाले विद्यालयलाई पनि हौसला र प्रोत्साहन मिलेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पाण्डेले अक्षयकोष स्थापनाले गरिव तथा जेहेन्दार विद्यार्थीलाई पढाईमा सहयोग पुग्ने बताउँदै यस्तो पवित्रा काम गर्नुभएकोमा पाण्डे परिवारलाई धन्यबाट सहित आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा रिपोर्टस क्लवका लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीले पवित्र उद्देश्यले स्थापना गरिएका यस्ता अक्षयकोषले समाजमा अरुलाई पनि यस्तो काम गर्न प्रेरणा प्रदान गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

पत्रकार छविलाल पाण्डेले आफ्नो सिंगो जीवन भगवती काहुलेमा बिताउनु भएका हजुरबुबा र हजुरआमाको स्मृतिमा स्थापना गरिएको अक्षयकोषबाट विद्यार्थीलाई प्रोत्साहन मात्रै नभै अहिलेको नयाँ पुस्तालाई यस प्रकारकोे सामाजिक र पवित्र काम गर्नुपर्दछ भन्ने सन्देश दिएको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, संचालक समितिका सदस्यहरु, स्थानीय अभिभावक, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय