LIVE
जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? | पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त | वडास्तरीय भजन प्रतियोगिता तथा १०९ औं लोकभजन तथा सत्संग कार्यक्रम सम्पन्न |

सैनामैना,३, जेष्ठ
रगतको अभावमा कसैको पनि ज्यान नजाओस भन्ने पवित्र उद्देश्यले रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ६ को आयोजनामा आईतबार सैनामैनाको बैकुण्ठपुरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले शुभारम्भ गर्नुभएको रक्तदान कार्यक्रमबाट एकसय युनिट रगत संकलन भएको छ ।
कार्यक्रमको उद्घाटन गदै सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र प्रसाद शर्माले वडा कार्यालय आफैलेस्थानिय जनतालाई स्वयमसेवी रुपले रक्तदान गर्न प्रेरित गरेर महत्वपूर्ण काम गरेको बताउनु भयो ।


वडाको बार्षिक कार्यक्रम अन्तरगत आयोजित रक्तदान कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका वडा नं. ६ का अध्यक्ष गोपाल पोखरेलले आर्थिक बर्ष २०८२÷०८३ को बार्षिक बजेट अन्तरगत रक्तदान कार्यक्रम गरिएको बताउनु भयो । उहाँले वडाका ११ वटै टोल विकास संस्थाको सहयोगमा सय युनिट रगत संकलन गर्न सफल भएको बताउँदै यो कार्यक्रमबाट उर्जा प्राप्त भएको उल्लेख गर्नुभयो ।


त्यसैगरी रक्तदान कार्यक्रमकै अवसरमा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पंगेनीले रक्तदान कार्यक्रम र रगत संकलन अभियानमा सैनामैना उर्बर बन्दै गएको बताउँदै सैनामैना ६ का वडाबासी रक्तदान कार्यक्रमप्रति अत्यन्त उत्साहित भएको देख्दा खुसी लागेको बताउनुभयो । उहाँले रेडक्रसको अभियानमा सवै नगरबासीको साथ र सहयोग रहेको उल्लेख गर्दै रगतको अभावमा कसैको पनि मृत्यु हुनु हुँदैन भन्ने मान्यता स्थापित गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।


सैनामैना नगरपालिका वडा नंं ६ का वडा अध्यक्ष गोपालप्रसाद पोखरेलको अध्यक्षता र वडासचिव पुण्यप्रसाद आचार्यको संचालन, वडा सदस्य झकप्रसाद पोखरेल आशिषको स्वागतमा सम्पन्न भएको रक्तदान कार्यक्रममा स्थानीय वडाबासीको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय