LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका ८ बाँसगढीमा रहेको बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष भीमकान्त न्यौपानेले मानव स्वास्थ्यका लागि सरसफाई धेरै महत्वपूर्ण कुरा भएकोले संस्थाले सरसफाई सामाग्री वितरण गरेको बताउँदै आगामी दिनमा नगरपालिका, स्थानीय उपभोक्ता र टोल विकास संस्था सवैको सहकार्यमा स्वच्छ खानेपानीका लागि सरसफाईलाई ध्यान दिने प्रतिवद्धता जनाउनु भयो ।

बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाकी उपाध्यक्ष सिता पौडेलको अध्यक्षतामा भएको सरसफाई सामाग्री वितरण कार्यक्रममा बोल्ने बक्ताहरुले बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले हरेक बर्ष सरसफाईमा ध्यान दिदै सरसफाईका सामाग्री वितरण गर्दै आएको बताएका थिए ।
कार्यक्रममा स्वागत संस्थाकी उपाध्यक्ष कमला चौधरीले गर्नुभएको थिया भने संचालन सचिव यदुनाथ ज्ञवालीले गर्नुभएको थियो । संस्थाका पूर्व उपाध्यक्ष रबिलाल न्यौपाने, जनचेतना माबिका प्रधानाध्यापक कमलराज बेलबासे, मनकला घिमिरे, ऋषिराम खरेल, नेत्रप्रसाद लामिछाने, मुक्तबहादुर थापा लगायतले खानेपानी संस्थाले सरसफाई सामाग्री वितरण गरेकोमा धन्यबाद दिनुभएको थियो । खानेपानीले टोलविकास संस्था र विद्यालयलाई डस्टविन वितरण गरेको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय