LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कृष्णप्रसाद शर्मा (पवन)

१. पृष्ठभूमि
समयको गतिसँगै कतिपय ऐतिहासिक भू–भागहरू इतिहासको पानामा विलीन हुन्छन् भने कतिपय सभ्यताका भग्नावशेषहरूभित्रै पुरिएर रहन्छन् । रूपन्देही जिल्लाको सुदूर उत्तर–पश्चिममा अवस्थित सैनामैना नगरपालिका यस्तै एउटा ऐतिहासिक भूभाग हो, जुन लामो समयसम्म गुमनाम रहेर अहिले इतिहासको गर्भबाट बिस्तारै ब्युँझिँदैछ । चुरे पहाडको काख र तराईको समथर मैदानको संगमस्थलमा रहेको सैनामैनालाई आज हामी केवल एउटा आधुनिक तथा विकासोन्मुख नगरका रूपमा मात्र देख्छौँ । तर, यसको माटोभित्र २५०० वर्षभन्दा पुरानो बौद्धकालीन शान्तिको इतिहास र २०० वर्षअघिको राष्ट्रिय स्वाभिमानको सामरिक संग्राम लुकेको छ ।

वि.सं. २०७१ सालमा साविकका पर्रोहा, दुधराक्ष र सालझण्डी गाविसहरूलाई गाभेर सैनामैना नगरपालिकाको घोषणा गरिएपछि यहाँको सुसुप्त इतिहासमाथि प्राज्ञिक र पुरातात्विक विमर्श सुरु भएको हो । यो आलेख सैनामैनाको बौद्धकालीन प्राचीनता, पाल्पाली सेन राजाहरूको विरासत र नेपाल–अंग्रेज युद्धको रणनीतिक कडीलाई उजागर गर्ने एउटा विनम्र प्रयास हो ।


२. बुद्धकालीन सामगाम
सैनामैनाको इतिहासको पहिलो र बलियो कडी सिद्धार्थ गौतम बुद्धको समय अर्थात् ईशापूर्व छैठौँ शताब्दीसँग जोडिन्छ । बुद्धत्व प्राप्त गरेपछि भगवान् बुद्धले आफ्ना अनुयायीहरूलाई विभिन्न स्थानमा पुगेर धर्मोपदेश (सुत्त देशना) दिनुभएको थियो । बौद्ध ग्रन्थहरूका अनुसार, शाक्य गणराज्य (कपिलवस्तु) र कोलिय गणराज्य (देवदह) को सिमानामा ‘सामगाम’ नामक एउटा प्रसिद्ध गाउँ अवस्थित थियो । आजका इतिहासकारहरू र बौद्ध अध्येताहरूले सैनामैनाको ‘बाँसगढी’ र ‘सिमले’ क्षेत्रलाई नै सोही प्राचीन सामगामका रूपमा पहिचान गरेका छन् ।
बौद्ध साहित्यको ‘मज्झिम निकाय’ अन्तर्गत पर्ने ‘सामगाम सुत्त’ को देशना यही भूमिमा भएको थियो । बुद्धका समकालीन जैन धर्मका प्रवर्तक महावीर (निगन्थ नातपुत्त) को पावापुरमा निर्वाण भएपछि उनका अनुयायीहरूबीच तीव्र मतभेद सुरु भएको थियो । सोही सन्दर्भलाई लिएर बुद्धका प्रिय शिष्य आनन्दले बुद्धलाई “सङ्घको एकता र शान्ति कसरी कायम राख्ने ?” भनी सोधेका थिए । बुद्धले सङ्घमा विवाद हुन नदिन र आपसी सद्भाव कायम राख्नका लागि दिएको ऐतिहासिक उपदेश नै ‘सामगाम सुत्त’ हो । यस सुत्तमा बुद्धले मुख्य रूपमा निम्न कुराहरू प्रतिपादन गर्नुभएको पब्बताराम विहारमा छ ः
विवादका छ मूल कारणहरू (विवादमूल)ः बुद्धले रिस (कोध), डाह (उपनाह), ईष्र्या (मच्छरिय), कपट (माया), खराब इच्छा (पापिच्छा) र गलत वा संकुचित धारणा (मिच्छा दिट्ठि) लाई समाज र सङ्घ भत्काउने मुख्य कारक तत्व मान्नुभएको छ ।
सात विनय नियम (अधिकरण समथ)ः यदि सङ्घमा कुनै विवाद वा मतभेद आइहालेमा त्यसलाई शान्तिपूर्ण र न्यायिक ढङ्गले सुल्झाउन ‘सम्मुखविनय’ (दुवै पक्षको आमने–सामने उपस्थिति, बहुमतको कदर, आत्मालोचना आदि) को नियम प्रतिपादन गर्नुभयो, जुन आधुनिक लोकतान्त्रिक विवाद व्यवस्थापनको उत्कृष्ट नमुना हो ।

छ सारणीय धर्म (एकताका आधारहरू) ः
बुद्धले समाजलाई जोडेर राख्न ६ वटा सामाजिक र आत्मीय
व्यवहारहरू सिकाउनुभएको छ ः
१.कायाकर्मस् – अरूप्रति शारीरिक रूपमा मैत्रीपूर्ण र सहयोगी व्यवहार गर्ने ।
२.वचीकर्मस् – बोलीवचनमा सधैँ मधुरता, सत्य र मैत्री भाव राख्ने ।
३.मनोकर्मस् – मनमा कसैप्रति पनि ईष्र्या नराखी कल्याणकारी भावना राख्ने ।
४.साधारणभोगीस् – न्यायोचित रूपमा प्राप्त भएका भौतिक साधन वा अन्नपातहरू एक्लै उपभोग नगरी
अरूसँग बाँडेर खाने (जसलाई समाजवादको आदि(स्वरूप मान्न सकिन्छ) ।
५.शील सामयिकतास् – सामूहिक नियम, सदाचार र नैतिक मूल्यहरूको समान रूपमा पालना गर्ने ।
६.दिट्ठि सामयिकतास् – एउटै सम्यक् दृष्टि, साझा लक्ष्य र वैचारिक स्पष्टतामा अडिग रहने ।

यस क्षेत्रमा भएका विभिन्न चरणका उत्खननहरूमा मौर्यकालीन (सम्राट अशोकको समयका) ठूला र पुराना इँटाहरू, ढुङ्गाका कलात्मक बुट्टाहरू र बौद्ध विहारका भग्नावशेषहरू फेला परेका छन् । लुम्बिनी र देवदहको बीचमा पर्ने प्राचीन व्यापारिक मार्ग ९ब्लअष्भलत त्चबमभ च्यगतभ० मा अवस्थित भएकाले सैनामैना तत्कालीन समयमा बौद्ध भिक्षुहरू (श्रमणहरू) र भिक्षुणीहरू (श्रमणा) को मुख्य ध्यान तथा विश्रामस्थल थियो । ‘श्रमण र श्रमणा’ शब्दहरू नै कालान्तरमा जनजिब्रोमा अपभ्रंश हुँदै ‘सैना–मैना’ बनेको भन्ने भाषाशास्त्रीय मत पनि उत्तिकै बलियो देखिन्छ ।

३. रानी मायादेवी र ‘मैना’ को सखीत्व र मावली क्षेत्र
सैनामैना नामकरणको सन्दर्भमा स्थानीय लोकश्रुति र इतिहासको सम्बन्ध अत्यन्तै आत्मीय र भावनात्मक छ । सिद्धार्थ गौतमकी माता, रानी महामाया (मायादेवी) देवदहकी राजकुमारी हुनुहुन्थ्यो । कपिलवस्तुबाट माइती आवतजावत गर्दा यो क्षेत्र उहाँको मुख्य विश्रामस्थल थियो । लोककथा अनुसार, यसै क्षेत्रमा बस्ने ‘मैना’ नामकी एक सर्वसाधारण ग्रामीण महिलासँग रानीको गहिरो आत्मीयता गाँसिएको थियो । राजकीय रवाफभन्दा माथि उठेर रानी मायादेवी र सर्वसाधारण महिला मैनाबीच सुख–दुःख साटासाट भयो र उनीहरूले एक–अर्कालाई ‘सैना’ (स्थानीय भाषामा मितिनी वा सखी) लगाए । एउटी महारानी र सामान्य नागरिकबीचको यो अभूतपूर्व प्रेमको प्रतीकस्वरूप यस ठाउँको नाम ‘सैना–मैना’ रहन गयो । यहाँ अवस्थित प्राचीन ‘रानीकुवा’ र ‘रानीबगैँचा’ आज पनि सोही अमर मित्रताको साक्षीका रूपमा जीवित छन् । बुद्धले पब्बताराममा सिकाउनुभएको ‘आपसी सद्भाव र उहाँकी आमा मायादेवीले व्यावहारिक रूपमै स्थानीय महिलासँग गाँस्नुभएको ‘सखीत्व (सैना)’— यी दुवै घटनाले सैनामैनालाई अनादि कालदेखि नै ‘समानता र सद्भावको केन्द्र’ का रूपमा स्थापित गर्दछन् ।
अर्कोतर्फ सैनामैनालाई मायादेवीको मावली क्षेत्रको रुपमा पुष्टि गर्ने पुरातात्विक प्रमाण हालसम्म उपलब्ध नभएपनि भौगोलिक निकटता, बुद्धकालिन बौद्ध गतिविधिहरुका संकेत, पब्वताराम विहारको ऐतिहासिक महत्व तथा कोलिय गणराज्यहरुको सम्भावित प्रभाव क्षेत्रका आधारमा सैनामैना र मायादेवीको माइतिभूमिबीच सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध रहेको हुनसक्ने वलियो सम्भावनाको आधारमा यस क्षेत्रलाई आजभोली मायादेवीको मावली भूमिका रुपमा पनि लिन थालिएको छ । यद्यपी यस विषयमा थप अनुसन्धान आवश्यक छ ।

४.सामगाम र बोलबम धामको ऐतिहासिक–धार्मिक कडी
सैनामैनाको बौद्धकालीन पहिचान र यहाँको प्रसिद्ध धार्मिक धरोहर पर्रोहा परमेश्वर बोलबम धामको इतिहास एकापसमा निकै रोचक ढङ्गले जोडिएको पाइन्छ । बोलबम धामलाई पश्चिम नेपालको पशुपतिनाथका रूपमा पुजिन्छ, जहाँ अवस्थित शिवलिङ्गलाई ‘उत्पत्ति शिवलिङ्ग’ (प्राकृतिक रूपमा आफैँ प्रकट भएको) मानिन्छ । यस मन्दिरको ऐतिहासिकता र पुरातात्त्विक बनोटलाई सूक्ष्म रूपले हेर्दा यो केवल हिन्दू आस्थाको केन्द्र मात्र नभएर बौद्धकालीन इतिहासको एउटा साक्षी पनि देखिन्छ । इतिहासकारहरू र पुरातात्त्विक अध्येताहरूका अनुसार, बुद्धकालीन सामगाम क्षेत्र (बाँसगढी र सिमले) र बोलबम धामको दूरी अत्यन्तै नजिक छ । प्राचिन समयमा कपिलवस्तुका शाक्यहरू र देवदहका कोलियहरू दुवै प्रकृतिका पूजक थिए र उनीहरू प्राकृतिक रूपमा उत्पत्ति भएका शिला वा डाँडाहरूमा पूजाआजा गर्ने गर्थे । सैनामैनाका वनहरूमा बौद्ध भिक्षुहरू (श्रमणहरू) ले ध्यान र तपस्या गर्दा बोलबम धामको शान्त र प्राकृतिक वातावरणलाई रोजेको जनश्रुति छ । मन्दिर परिसर र त्यसको आसपासका क्षेत्रहरूमा उत्खनन गर्दा भेटिएका प्राचीन ढुङ्गाका कलाकृतिहरू, मौर्यकालीन ठूला इँटाहरू र मूर्तिहरूले यहाँ हिन्दू र बौद्ध संस्कृति समानान्तर रूपमा विकसित भएका थिए भन्ने सङ्केत गर्दछन् । पुरातत्व विभागले बोलबम धाम परिसर र आसपासका क्षेत्रमा गरेको उत्खननका क्रममा भेटिएका प्राचीन ढुङ्गाका मूर्तिहरू र इँटाहरूको बनावट लुम्बिनी र कपिलवस्तुका बौद्धकालीन संरचनाहरूसँग मेल खान्छ । यसले यी दुवै स्थल एउटै कालखण्ड र सभ्यताका अङ्ग हुन् भन्ने पुरातात्त्विक प्रमाण पेस गर्दछ । कालान्तरमा बौद्ध भिक्षुहरूले ध्यान गर्ने यो पवित्र स्थल र यहाँको प्राचीन प्राकृतिक शिवलिङ्गलाई स्थानीय सेन राजाहरू र पल्टनका सैनिकहरूले आफ्नो रक्षार्थक देवताका रूपमा पूजा गर्न थालेका थिए । यसरी हेर्दा, बोलबम धाम बुद्धकालीन शान्तिको ऊर्जा र सनातन शिव संस्कृतिको एउटा साझा सङ्गमस्थल हो, जसले सैनामैनाको प्रागैतिहासिक कडीलाई झन् मजबुत बनाएको छ ।


५. रानी ‘मैना’ र ‘सेना’ को प्रसङ्ग
बुद्धकालपछि सैनामैनाको इतिहास मध्यकालमा आएर पाल्पाली सेन राजाहरूसँग जोडिन्छ । १६ औँ देखि १८ औँ शताब्दीको बीचमा पाल्पा राज्य एउटा शक्तिशाली सामरिक शक्तिको रूपमा उदय भएको थियो, जसको अधिकार क्षेत्र पहाडदेखि बुटवल र स्युराज (कपिलवस्तु) को तराई भागसम्म फैलिएको थियो । राजा मणिमुकुन्द सेन जस्ता प्रतापी राजाहरूले हिउँदको समयमा तराईको रेखदेख र सिकार खेल्नका लागि सैनामैनाको जङ्गललाई आफ्नो हिउँदे शिविर (ध्ष्लतभच ऋबmउ) बनाउने गर्थे । यस क्षेत्रको नामकरण ‘सैनामैना’ रहनुका पछाडि सेनकालीन दुईवटा मुख्य जनश्रुतिहरू छन, जसलाई इतिहासले पनि आंशिक रूपमा स्वीकार गर्दछ ः
रानी ‘मैना’ र उनको ‘सेना’ ः पाल्पाली राजाकी एउटा अत्यन्तै प्रिय रानी थिइन, जसको नाम ‘मैना’ थियो । जाडो महिनामा पहाडको उकुसमुकुस र शत्रुहरूको आँखाबाट बच्न उनी आफ्ना सुसारे र अङ्गरक्षकहरूको ठुलो ‘सेना’ (सैनिक टोली) को लावालस्करसहित यस क्षेत्रको सुरक्षित र शीतल जङ्गलमा बस्न आउँथिन् । रानी ‘मैना’ र उनलाई सुरक्षा दिने ‘सेना’ को स्थायी छाउनी (ऋबmउ) भएकाले स्थानीय बासिन्दाहरूले यस क्षेत्रलाई ‘सेना–मैना’ भन्दाभन्दै अपभ्रंश भएर ‘सैनामैना’ नाम रहन गएको हो ।
पुरातात्विक प्रमाणहरू ः यो केवल एउटा काल्पनिक लोककथा मात्र होइन । सैनामैना–१ मा अवस्थित ‘रानीकुवा’ र त्यसको वरिपरि रहेको ‘रानीबगिया’ यसको भौतिक प्रमाण हो । जङ्गलको बीचमा इँटाहरूले कलात्मक ढङ्गले बाँधिएको यो प्राचीन कुवा रानी र उनका सैनिकहरूका लागि स्वच्छ खानेपानी र स्नानका लागि प्रयोग गरिएको थियो । यसबाहेक वन क्षेत्रमा छरिएर रहेका अन्य थुप्रै पुराना इनार र दरबारका जगहरूले यहाँ मध्यकालमा एउटा व्यवस्थित प्रशासनिक वा सैन्य बस्ती रहेको पुष्टि गर्छन् ।

६. एङ्ग्लो–नेपाल युद्ध र बुटवल–स्युराजको सामरिक कडी
सैनामैनाको इतिहासलाई अझ ओझिलो र फराकिलो बनाउने अर्को महत्त्वपूर्ण अध्याय हो— एङ्ग्लो–नेपाल युद्ध (वि.सं. १८७१–७२ , सन् १८१४–१८१६) । नेपाल र ब्रिटिश इस्ट इन्डिया कम्पनीबीच भएको ऐतिहासिक युद्धको मुख्य र तात्कालिन कारण नै बुटवल र स्युराज (वर्तमान कपिलवस्तु क्षेत्र) को सीमा विवाद थियो । पाल्पा राज्य नेपालमा गाभिएपछि गोर्खाली भारदारहरूले यो क्षेत्र नेपालको भएको दाबी गरे भने अङ्ग्रेजहरूले यसमा आफ्नो हक जमाउन खोजे । भौगोलिक बनोटका आधारमा वर्तमान सैनामैना ठ्याक्कै बुटवल र स्युराजको बीचमा पर्ने एउटा संवेदनशील र रणनीतिक भूभाग हो । चुरे पहाडको फेदी र तराईको जङ्गलले घेरिएको यो क्षेत्र युद्धका बेला सैनिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण रहेको देखिन्छ ।
सैनिक ‘ब्याकअप क्याम्प’ ः बुटवलको जितगढी किल्लामा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले अङ्ग्रेज जनरल जोन सुलिभान उडको सेनालाई परास्त गरेपछि अङ्ग्रेजहरू स्युराज र खुरहरिया क्षेत्रतर्फ सोझिएका थिए । बुटवल र स्युराज दुवै मोर्चामा सैनिक सञ्चालन (ःष्ष्तिबचथ इउभचबतष्यलक) गर्न, रसदपानी (खाद्यान्न) भण्डारण गर्न र सैनिकहरूलाई सुरक्षित आश्रय दिनका लागि सैनामैनाको जङ्गल र यहाँका इनारहरू (जस्तै रानीकुवा र बाडकुवा) ‘सैनिक बन्दोबस्ती केन्द्र’ को रूपमा प्रयोग भएको प्रवल सम्भावना छ ।
नामकरणको सैनिक सम्बन्ध ः यही ऐतिहासिक पृष्ठभूमिमा कतिपय इतिहासप्रेमीहरूले “सैनामैना” को “सैना” शब्दलाई तत्कालीन नेपाली वा पाल्पाली सैनिक (सेना) को ब्याकअप क्याम्पसँग जोडेर हेरेका छन् । युद्धका बेला यहाँ सेना तैनाथ गरिएकाले यो ‘सेनाको ठाउँ’ अर्थात् ‘सैना’ बनेको मत निकै घनीभूत छ । यद्यपि, हालसम्म यस सम्बन्धमा प्रत्यक्ष लालमोहर वा लिखित अभिलेख फेला नपरेकाले यसलाई स्थापित तथ्यभन्दा पनि एउटा गम्भीर र अनुसन्धानयोग्य सम्भावनाका रूपमा लिइनुपर्छ ।


७.सैनामैना संग्रहालय र भावी कार्यदिशा
लामो समयसम्म उपेक्षित रहेको सैनामैनाको यो बहुआयामिक इतिहास अहिले बिस्तारै बाहिर आउन थालेको छ । स्थानीय सरकार र पुरातत्त्व विभागको समन्वयमा सैनामैनामा ‘सैनामैना संग्रहालय’ (ःगकभगm) को स्थापना गरिएको छ । जङ्गल र विभिन्न उत्खनन स्थलहरूमा छरिएर रहेका बुद्धकालीन मूर्तिहरू, प्राचीन शिलाहरू, सेनकालीन इँटाहरू, माटाका पुराना भाँडाकुँडाहरू (एयततभचथ) र ऐतिहासिक हतियारहरूलाई संकलन गरेर यस संग्रहालयमा सुरक्षित राखिनुपर्छ । यो संग्रहालय सैनामैनाको विगतलाई चियाउने एउटा जीवन्त आँखा मात्र नभई इतिहासलाई पूर्ण रूपमा ब्युँझाउन आगामी दिनमा निम्नकार्यदिशा अपनाउनु आवश्यक देखिन्छ ।
१.वैज्ञानिक उत्खनन ः बाँसगढी, सिमले र रानीकुवा क्षेत्रमा पुरातत्त्वविद्हरूद्वारा वृहत् र वैज्ञानिक उत्खनन् (क्अष्भलतषष्अ भ्हअबखबतष्यल) गरिनुपर्छ । फेला परेका इँटा र कोइलाहरूको ‘कार्बन डेटिङ’ गरेर तिनको वास्तविक समय निर्धारण गरिनु पर्दछ ।
२.अभिलेखीय खोजी (ब्चअजष्खब िच्भकभबचअज) ः काठमाडौँको राष्ट्रिय अभिलेखालय र बेलायतको ब्रिटिश लाइब्रेरीमा रहेका एङ्ग्लो–नेपाल युद्धका ‘मिलिट्री नक्सा’ र भीमसेन थापाकालीन पत्रहरूमा सैनामैना क्षेत्रको प्राचीन नाम वा सैनिक गतिविधिको खोजी गरिनुपर्छ ।
३.पर्यटकीय विकास ः लुम्बिनी आउने लाखौँ अन्तर्राष्ट्रिय पर्यटकहरूलाई बुद्ध परिपथ (द्यगममजष्कत ऋष्चअगष्त) मार्फत सैनामैनाको सामगाम क्षेत्र र सेनकालीन रानीकुवासम्म जोड्ने पूर्वाधार निर्माण गरिनुपर्छ ।
४.“सामगाम सुत्र् अन्तर्राष्ट्रिय अध्ययन केन्द्र” को स्थापना ः यस क्षेत्रलाई बौद्ध दर्शन र शान्ति सम्बन्धी अध्ययनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने ।
५.“सैना–मैना उद्यान” को निर्माण ः रानी मायादेवी र सर्वसाधारण महिला मैनाको मित्रताको स्मृतिमा एक उद्यान निर्माण गरी सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने ।
६.धार्मिक तथा सांस्कृतिक कोरिडोरको विकास ः बोलबम धाम, प्राचीन बौद्ध स्थल र सेनकालीन धरोहरहरूलाई जोडेर एउटा एकीकृत सांस्कृतिक परिपथ निर्माण गर्ने ।


८. निष्कर्ष
विगत बिनाको वर्तमान जगविनाको घर जस्तै हुन्छ । सैनामैना केवल समथर भूभाग र कङ्क्रिटका घरहरू भएको एउटा आधुनिक सहर मात्र होइन, यो त इतिहासको एउटा अजस्र स्रोत हो । बुद्धकालीन ‘सामगाम’ को शान्तिको सन्देश, रानी मायादेवीको मावली को भौगोलिक सम्बन्ध, सेनकालीन ‘रानी मैना’ र उनको ‘सेना’ को सांस्कृतिक स्मृति, र एङ्ग्लो–नेपाल युद्धको बुटवल–स्युराज मोर्चासँग जोडिएको राष्ट्रिय स्वाभिमानको ऐतिहासिक कडी नै सैनामैनाको वास्तविक पहिचान हो । आज सैनामैना इतिहासको लामो गर्भबाट ब्युँझिँदैछ । यस गौरवशाली इतिहासलाई जोगाउनु, अनुसन्धान गर्नु र विश्वसामु परिचित गराउनु स्थानीय सरकार, इतिहासकार, बुद्धिजीवी र सम्पूर्ण नगरबासीहरूको साझा दायित्व हो । जब सैनामैनाको इतिहासले प्राज्ञिक पूर्णता पाउनेछ, तब यो भूमि नेपालकै एउटा अद्वितीय ऐतिहासिक र सांस्कृतिक धरोहरका रूपमा विश्वमानचित्रमा चम्किनेछ ।
सन्दर्भ सामग्रीहरू

१.मज्झिम निकाय (बौद्ध ग्रन्थ) ः ‘सामगाम सुत्त’ को विवरण र शाक्य–कोलिय गणराज्यको सिमाना सम्बन्धी ऐतिहासिक टिपोट ।
२.नेपाल सरकार, पुरातत्त्व विभाग (म्यब्) ः रूपन्देही र कपिलवस्तु क्षेत्रका पुरातात्त्विक उत्खनन तथा अन्वेषण प्रतिवेदनहरू ।
३.सैनामैना नगरपालिकाको पाश्र्वचित्र (ःगलष्अष्उब िएचयाष्भि० स् ऐतिहासिक पृष्ठभूमि, नामकरण र स्थानीय सांस्कृतिक सम्पदा सम्बन्धी आधिकारिक प्रतिवेदन ।
४.बाबुराम आचार्य (इतिहासशिरोमणि) ः ‘नेपालको संक्षिप्त वृत्तान्त’, (एङ्ग्लो–नेपाल युद्धको बुटवल र स्युराज क्षेत्रको सामरिक इतिहास) ।
५.डा. राजाराम सुवेदी ः‘पाल्पा राज्यको इतिहास’, (सेन राजाहरूको तराई क्षेत्रमा प्रशासनिक र सैन्य गतिविधि सम्बन्धी विवरण) ।
६.स्थानीय जनश्रुति तथा मौखिक इतिहासः सैनामैना क्षेत्रका रैथाने बुढापाकाहरूबाट सङ्कलित रानी, मैना, सेना र रानीकुवा सम्बन्धी दन्त्यकथाहरू ।
(अनुसन्धानकर्ता ः एप्लाइड बुद्धिजममा लुम्बिनी बौद्ध विश्वविद्यालयबाट स्नातकोत्तर उपाधी प्राप्त व्यक्ति हुनुहुन्छ ।)

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय