LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

साउन १७ गते ।

पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को दृश्यावलोकन गराउन उडाइएको स्थानीय अधिकारीले जानकारी दिनुभएकाे हाे ।

नाज्का नगरपालिकाका अनुसार विमान नजिकैको इका सहरबाट उडेको थियो । पेरुभियाली कम्पनी एरोडियानाद्वारा सञ्चालित उक्त विमानले विगत १४ वर्षदेखि ‘सेसना ग्रान्ड क्याराभान’ विमानमार्फत नाज्का लाइन्समाथि दृश्यावलोकन उडान सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ ।

नाज्का लाइन्स पेरुका प्राचीन बासिन्दाले मरुभूमिमा कुँदेर बनाएका विशाल भू–चित्रहरूको समूह हो । जनावरका आकृतिमा रहेका यी भू–चित्रहरू विमान वा विशेष दृश्यावलोकन टावरबाट मात्र स्पष्ट रूपमा देख्न सकिन्छ ।

पेरुको यातायात मन्त्रालयका अनुसार दुर्घटनामा १८ देखि ५४ वर्ष उमेर समूहका सात इटालियन, ५२ वर्षका दुई स्पेनी तथा ७७ र ७८ वर्षका दुई जर्मन नागरिकको मृत्यु भएको छ । साथै, पाइलट अमेरिको सालाजार र सहपाइलट इरेन्का गुआनिलो डेल कार्पियोको पनि ज्यान गएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति केइको फुजिमोरीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै नाज्का विमानस्थलको अस्थायी सञ्चालन स्थगन गर्ने विषयमा सम्बन्धित मन्त्रालयहरूको प्रतिवेदनपछि निर्णय गरिने बताउनुभयाे ।

पेरुभियाली अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको बताएका छन् । एरोडियाना कम्पनीले भने घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय