LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |
ग्यास लिएर जादै बुटवलका स्थानियहरु

२९, साउन

बुटवलमा दैनिकजसो सयौं सिलिण्डर ग्यास वितरण भैरहेको छ तर पनि अभाव नहटेपछि कृतिम अभाव र कालोबजारी नगर्न प्रशासनले व्यवसायी र विक्रेताहरुसंग आग्रह गरेको छ ।ग्यास अभाव भएको भन्दै बुटवलमा तीन दिनअघि नौंसय ग्यास सिलिण्डिर वितरण गरिएको थियो भने विहिवार पनि एकैदिन नौंसय सिलिण्डर ग्यास वितरण गरिएको छ ।

त्यसैगरी ग्यास डिलरहरुमार्फत दैनिक सयौं सिलिण्डर ग्यास उपभोक्ताको घर घरमा पुगेको छ तरपनि ग्यास अभाव रोकिएको छैन ।ग्यास वितरण गर्दा पनि अभाव देखिएपछि उपभोक्ता हित संरक्षण मञ्च रूपन्देहीले खाना पकाउने एलपी ग्यासको कृतिम अभाव र कालोबजारी नगर्न सम्बन्धित व्यवसायी तथा विक्रेतालाई आग्रह गरेको छ ।मञ्चले ग्यासको मौज्दात लुकाउने तथा उपभोक्तालाई अनावश्यक दुःख दिने कार्य कानुन विपरीत भएकाले त्यस्ता गतिविधि तत्काल रोक्न उपभोक्ता हित संरक्षण मञ्च रूपन्देहीको आग्रह छ ।


यता विहिवार लुम्बिनी बाणिज्य क्याम्पसको बाहिर नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय भलवारी रुपन्देहीले विभिन्न कम्पनीका नौं सय सिलिण्डर ग्याँस वितरण गरेको छ ।
बुटवलमा विहानैदेखि गर्मीको बीचमा पनि उपभोक्ताहरु ग्यास खरिद गर्न लाईन बसेका थिए ।आयल निगमले ज्येष्ठ नागरिक, महिला र विद्यार्थीलाई विशेष ग्राह्यता दिएर ग्याँस वितरण गरेको हो । विहिवारपनि त्रिशुल, सिद्धनाथ, बुटवल, सिद्धार्थ, लुम्बिनी, जानकी लगायत नौंवटा कम्पनीका नौंसय ग्यास वितरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय