LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका ११ सालझन्डीमा शुक्रबारदेखि नयाँ र स्तरीय होटल संचालनमा आएको छ । पाहुना घर होटल एन्ड लज नामबाट औपचारिक रूपमा सञ्चालनमा आएको होटलको उदघाटन सैनामैना नगरपालिकाका प्रथम नगर प्रमुख चित्रबहादुर कार्कीले गर्नुभयो ।
होटलका सञ्चालक लीलामणि घिमिरेले स्थानीय तथा बाह्य पर्यटक तथा पाहुनालाई सहज, आरामदायी र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको बताउनुभयो । सञ्चालक घिमिरेले ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राख्दै स्वच्छ, पारिवारिक र भरपर्दो वातावरणमा सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सैनामैनाको सालझन्डी क्षेत्रको बढ्दो पर्यटकीय तथा व्यावसायिक गतिविधिलाई लक्षित गर्दै सञ्चालनमा आएको पाहुना घर होटल एन्ड लजमा आरामदायी बसाइसँगै खानपान तथा आतिथ्य सेवासमेत उपलब्ध हुने बताइएको छ ।

होटलको एक समारोहका बीच उदघाटन गर्दै सैनामैनाका प्रथम नगर प्रमुख चित्रबहादुर कार्कीले अहिलेको प्रतिकूल अवस्थामा पनि स्थानीय क्षेत्रमा नयाँ व्यवसाय सञ्चालन हुनु सकारात्मक भएको बताउनु भयो । उहाँले होटलले गुणस्तरीय सेवा प्रदान गर्ने र स्थानीय पर्यटन तथा आर्थिक गतिविधिमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय