LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

कपिलवस्तु फोटोग्राफर संघको चौधौँ स्थापना दिवसको अवसरमा शनिबार बाणगङ्गामा ’फोटोवाक २०८३’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ” कपिलवस्तु फोटोग्राफर संघको आयोजना तथा श्री सरेपानी सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

बाणगङ्गा नगरपालिका वडा नं. ९ स्थित पर्यटकीय एवम् धार्मिक स्थल कपिलधामबाट सुरु भएको फोटोवाक भलवाड क्षेत्रका विभिन्न पुरातात्विक, धार्मिक, प्राकृतिक तथा ग्रामीण जनजीवनका थुप्रै पर्यटकीय महत्त्व बोकेका स्थलहरूमा पुगेको थियो। कार्यक्रममा संघका ४० जनाभन्दा बढी फोटोग्राफरहरूको सहभागिता रहेको थियो।
बिहान ७ बजे कपिलधामबाट सुरु भएको टोलीले रामदतिवन धाम पुगी भगवान श्री रामसँग सम्बन्धित ऐतिहासिक संरचना तथा मन्दिरहरूको छायाङ्कन गरेको थियो।

पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा तस्बिर सङ्कलन गर्दै अघि बढेको टोलीले बेलुका ७ बजे श्री राम आधारभूत विद्यालय, पडरियामा समापन समारोह सम्पन्न गरेको थियो।
कपिलवस्तु फोटोग्राफर संघका अध्यक्ष कृष्ण पाण्डेको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा श्री सरेपानी सामुदायिक वन उपभोक्ता समूहका वरिष्ठ उपाध्यक्ष राजु खड्का प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा श्री सरेपानी सामुदायिक वनका निवर्तमान अध्यक्ष बिन्द्रबहादुर गुरुङ, स्थानीय पत्रकारहरु लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि राजु खड्काले स्थानीय एवं पर्यटकीय गन्तव्यको पहिचान र प्रचारप्रसारका लागि फोटोग्राफरहरूको यस किसिमको सक्रियता प्रशंसनीय रहेको बताउनुभयो। संस्थागत एकताको समेत खुलेर प्रशंसा गर्दै उहाँले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो।
त्यस्तै, नेपाल फोटोग्राफर महासंघका संस्थापक केन्द्रीय सदस्य तथा संघका पूर्व अध्यक्ष रामचन्द्र बेल्बासेले ऐतिहासिक प्रथम फोटोवाकको चर्चा गर्दै यस्ता कार्यक्रमले स्थानीय पर्यटन प्रवद्र्धनका साथै फोटोग्राफरहरूको क्षमता अभिवृद्धिमा ठूलो योगदान पुराउने विश्वास व्यक्त गर्नुभयो।
विवेक विसी संयोजक तथा वरिष्ठ फोटोग्राफर कर्णबहादुर तिवारी (कुमार) इन्स्ट्रक्टर (मार्गदर्शक) को भूमिकामा रहनुभएको उक्त कार्यक्रमको सञ्चालन संघका सचिव कृष्ण खनालले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय