LIVE
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा | जेनजी शहीद दिवसमा भावुक बने परिवार (तस्वीरहरू) | सैनामैनामा नागरिकता सिफारिस निःशुल्क, नयाँ नागरिकता लिन अब सेवा शुल्क नलाग्ने | बुटवलको मुहार फेर्ने ‘सिग्नेचर ब्रिज’ : तिनाउमा ४ लेनको नयाँ पुल बन्ने | कोरियाले भन्यो– बाढीपछिको पुनर्निर्माणमा नेपाललाई सघाउँछौं | भोटेकोशी बाढीपीडितलाई सैनामैना होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ सहयोग | भोटेकोसी बाढीपीडितका लागि प्रभात इङ्लिश बोर्डिङ सेकेण्डरी स्कुलको २ लाख २५ हजार सहयोग | बाढी प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई सहयोग गर्ने लुम्बिनी प्रेस क्लबको निर्णय | बाढी प्रभावित परिवारहरूको पीडामा रामापुर रिभाइभल इङ्ग्लिस बोर्डिङ स्कुल को साथ | बाढी प्रभावितकोलागि होराइजन गौतमबुद्ध मा वि तिलोत्तमाले ५ लाख ८० हजार ५५५ रुपैयाँ सहयोग |

रुपन्देहीको तिलोत्तमा–२ स्थित होराइजन गौतमबुद्ध माध्यमिक विद्यालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि ५ लाख ८० हजार ५५५ रुपैयाँ सहयोग गरेको छ । विद्यालयले जारी गरेको विज्ञप्ति अनुसार बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै विद्यालय परिवारले सहयोग रकम जुटाएको हो ।

उक्त रकममध्ये होराइजन गौतमबुद्ध माविको तर्फबाट ५ लाख ५५ हजार ५५५ रुपैयाँ र इन्टरएक्ट क्लब अफ होराइजन जीबीएसको तर्फबाट २५ हजार रुपैयाँ गरी कुल ५ लाख ८० हजार ५५५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयले विपद्का कारण पीडित तथा प्रभावित नागरिकको साथमा उभिनु सामाजिक दायित्व भएको उल्लेख गर्दै राहत, उपचार, उद्धार तथा पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय