LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको तिलोत्तमा–२ स्थित होराइजन गौतमबुद्ध माध्यमिक विद्यालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि ५ लाख ८० हजार ५५५ रुपैयाँ सहयोग गरेको छ । विद्यालयले जारी गरेको विज्ञप्ति अनुसार बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै विद्यालय परिवारले सहयोग रकम जुटाएको हो ।

उक्त रकममध्ये होराइजन गौतमबुद्ध माविको तर्फबाट ५ लाख ५५ हजार ५५५ रुपैयाँ र इन्टरएक्ट क्लब अफ होराइजन जीबीएसको तर्फबाट २५ हजार रुपैयाँ गरी कुल ५ लाख ८० हजार ५५५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयले विपद्का कारण पीडित तथा प्रभावित नागरिकको साथमा उभिनु सामाजिक दायित्व भएको उल्लेख गर्दै राहत, उपचार, उद्धार तथा पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय