भोटेकोसी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारहरूको पीडामा केही भएपनि सहयोग गर्ने उद्देश्यले सैनामैना नगरपालिका ८ मा रहेको रामापुर रिभाइभल इङ्ग्लिस बोर्डिङ स्कुलले ७५ हजार रुपैया सहयोग गरेको छ ।
विद्यालय परिवारका तर्फबाट विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिकाहरुले उक्त सहयोग रकम संकलन गरिएको थियो ।
यसरी संकलित रकम विद्यालयका प्राचार्य कृष्णप्रसाद शर्माले प्याब्सन रुपन्देही जिल्ला अध्यक्ष दीपक खनाललाई विद्यार्थी प्याब्सन रिलिफ फण्डमार्फत राहतका लागि हस्तान्तरण गर्नुभयो ।



विद्यालयले देश विपत्तिमा परेको यस कठिन घडीमा पीडितहरूको साथमा उभिँदै राहत अभियानमा विद्यालय परिवारको सानो योगदान जोड्न पाएकोमा हामी गौरवान्वित भएको जनाएको छ ।




