LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना

भोटेकोशी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको राहतका लागि सैनामैना होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीले ५१ हजार १११ रुपैयाँ सहयोग गरेको छ।

वि.सं. २०७४ सालमा स्थापना भएको संघले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेको संघकी अध्यक्ष माया केसीले जानकारी दिनुभयो।

अध्यक्ष केसीले देशमा विपद् पर्दा सहयोग रकम सानो भए पनि मानवीय भावनाले सहयोग गर्नुपर्ने बताउँदै संघले विगतमा पनि दुःख र विपत्तिको समयमा सहयोग गर्दै आएको उल्लेख गर्नुभयो।

भोटेकोशी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको पीडामा केही भए पनि सहयोग पु¥याउने उद्देश्यले राहत रकम प्रदान गरिएको संघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय