LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

२०८३ भदौ २१ गते,

दक्षिण कोरियाले भोटेकोशी बाढीपछि नेपालको पुनर्निर्माण तथा पुनःस्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। आइतबार सिंहदरबारमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनबीच भएको भेटवार्तामा कोरियाले यस्तो प्रतिबद्धता जनाएको हो।

भेटमा बाढीपछि भइरहेको खोज, उद्धार तथा राहतका साथै बेपत्ता कोरियाली नागरिकको खोजीबारे छलफल भएको थियो। मन्त्री खनालले विपद् प्रभावित क्षेत्रमा कोरियाले राहत टोली तथा र्‍यापिड रेस्पोन्स टोली पठाएर गरेको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा विपद् प्रतिरोधी र दिगो पूर्वाधार निर्माणमा निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे।

जवाफमा मन्त्री चो ह्युनले विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न कोरिया सरकार पूर्ण रूपमा तयार रहेको बताए। उनले जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले भोगिरहेको क्षतिका विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन कोरिया र नेपालले सहकार्य गर्नुपर्नेमा जोड दिए।

नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने आर्थिक सहयोगका लागि दक्षिण कोरियाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पक्षमा आवाज उठाउने प्रतिबद्धतासमेत जनाएको छ। तीनदिने नेपाल भ्रमणमा रहेका कोरियाली परराष्ट्रमन्त्री ह्युनले दुई देशबीचको मित्रता र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय