२३ भदौ,
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा आज देशभर जेनजी शहीद दिवस मनाइँदैछ। नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको स्मृति कार्यक्रममा शहीदका परिवार, मन्त्री तथा सांसदहरूको सहभागिता रहेको थियो।



कार्यक्रममा शहीदका परिवारजनले आफ्ना प्रियजनको सम्झनामा दीप प्रज्वलन र माल्यार्पण गरेका थिए। शहीदको सम्झनामा परिवारका सदस्यहरू भावुक बनेका थिए भने कतिपयका आँखाबाट आँशु समेत बगेको थियो।
सरकारले २३ भदौलाई जेनजी शहीद दिवस घोषणा गर्दै सार्वजनिक बिदा दिएको छ। २३ र २४ भदौमा भएको आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसहित ७६ जनाको मृत्यु भएको थियो।
(तस्वीरहरू)





