LIVE
एमालेद्वारा राष्ट्रिय भेलाको तयारी सुरु | नियमित महाधिबेशन पक्षधरको रुपन्देही क्षेत्र नं. ५ को क्षेत्रीय अधिबेशन सम्पन्न | कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ | थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड |

मंसिर ४,
काठमाण्डौ – नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा अन्य राष्ट्रको भन्दा बढी मूल्य पाएका छन् । स्वाद र गुणस्तरका हिसाबले अब्बल रहेका भन्दै नेपाली कफीले धेरै मूल्य पाएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अधिकृत चन्द्र पुरीले बताउनुभयो । उहाँका अनुसार नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ डलर प्राप्त हुने गरेको छ ।

आर्थिक वर्ष २०७९र८० मा १३ करोड चार लाख रुपैयाँ बराबरको ७७ मेट्रिक टन कफी निर्यात हुँदा ३२ करोड ५८ लाख रुपैयाँ बराबरको चार सय ५० टन कफी आयात भएको थियो । आर्थिक वर्ष २०८०र८१ मा १४ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ टन कफी निर्यात हुँदा ४१ करोड ९८ लाख रुपैयाँ बराबरको चार सय ४३ टन कफी आयात भएको तथ्याङ्क छ ।

यस्तै आर्थिक वर्ष २०८०र८१ मा देशभर पाँच सय मेट्रिक टन ग्रिनवीन कफी उत्पादन भएको छ भने जम्मा ६ सय ५४ हेक्टरमा नयाँ रोपण भएको छ । नेपालमा चार हजार तीन सय नौ हेक्टर जग्गामा कफी खेती विस्तार भएको छ । कुल उत्पादनको झन्डै १७ प्रतिशत कफी विदेश निर्यात भएको बोर्डका निर्देशक दीपक खनालले जानकारी दिनुभयो ।

यसैबीच राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवसका अवसरमा काठमाण्डौको भृकुटीमण्डपमा नेपाली कफीको ‘स्टल’ सञ्चालन तथा प्रदर्शनी गर्ने भएको छ । कफी विकासका क्षेत्रमा क्रियाशील व्यवसायीहरूबाट विभिन्न थरिका कफीको प्रदर्शनी हुन लागेको हो ।

कार्यक्रममा नेपालको कफी क्षेत्रको वर्तमान अवस्था, नीतिगत व्यवस्था तथा आउने कार्यदिशा विषयक प्रस्तुतीकरण एवम् अन्तरक्रिया कार्यक्रम गरिने बोर्डका कार्यकारी निर्देशक वेनुपराज प्रसाईँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय