LIVE
एमालेद्वारा राष्ट्रिय भेलाको तयारी सुरु | नियमित महाधिबेशन पक्षधरको रुपन्देही क्षेत्र नं. ५ को क्षेत्रीय अधिबेशन सम्पन्न | कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ | थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड |

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले शपथ लिएका छन् । १५ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सभापति गगन थापाले शपथ गराउनु भएको हो । बिहीबार दिउँसो २ बजे ललितपुरस्थित केन्द्रीय कार्यालयमा सपथको कार्यक्रम गरिएको हो ।


गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा कांग्रेसको १५ औँ महाधिवेशन भएको थियो । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले सपथ लिएसंगै विहिबारदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हालेका छन ।
गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १५औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो ।

महाधिवेशनको उदघाटन र बन्दसत्र खुलामञ्चमा भएको थियो भने मतदान खुलामञ्च र राष्ट्रिय सभागृहमा गरिएको थियो ।
महाधिवेशनको मतदान असोज २३ गते भएको थियो । महाधिवेशनबाट गगन थापा ९४ प्रतिशत मतसहित सभापतिमा निर्वाचित हुनुभएको थियो ।
त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित हुनुभएको हो । त्यसैगरी, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डिला संग्रौला (पन्त) निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय