LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

मंसिर ६, काठमाण्डौ – काठमाण्डौ नरेफाँटको एउटा घरमा गएराति आगलागी भएको छ ।

गएराति पौने १२ बजेतिर बालकुमारी गेट नजिकै सीसीआरसी कलेजको छेउमा रहेको स्वाभिमान श्रेष्ठको घरमा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक दलकुमार राईले  जानकारी दिनुभएको छ ।

आगलागीबाट घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गर्नुभएको ‘डगेरा फार्मेसी’ जलेर नष्ट भएको छ । यसैगरी आगलागीबाट श्रेष्ठको घरसँगै एउटा पान पसल र मःम पसल पनि जलेको प्रहरीले जनाएको छ । सँगैको ‘जुम्बा डान्स सेन्टर’ पनि जलेको छ ।

आगलागीमा परेका पसलका व्यक्तिहरुले नै क्षतिको अनुमानित विवरण दिन नसकेका कारणले आगलागीबाट भएको क्षतिको विवरण यकिन नभएको राईले बताउनुभएको छ । पाँचवटा दमकलको सहयोगमा एक घण्टापछि आगो निभाइएको थियो ।

आगो निभाउन काठमाण्डौका तीन र ललितपुरका दुईवटा दमकलका साथै प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय