LIVE
एमालेद्वारा राष्ट्रिय भेलाको तयारी सुरु | नियमित महाधिबेशन पक्षधरको रुपन्देही क्षेत्र नं. ५ को क्षेत्रीय अधिबेशन सम्पन्न | कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ | थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड |

कात्तिक २९,

काठमाण्डौ – भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकैदिन चार वटा अन्तर्राष्ट्रिय उडान भएका छन् ।

काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि दैनिक १० घण्टा बन्द भएसँगै भैरहवामा उडान बढेको हो । आज कतार एअरवेज, जजिरा एअरलाइन्स, फ्लाई दुबई र थाई एअर एशियाको जहाजले भैरहवामा उडान गरेका हुन् ।

बाक्लो हुस्सुका कारण थाई एअर एशियाको जहाज भने कपिलवस्तुको आकाशमा १५ फन्का लगाउन बाध्य भएको थियो । जजिरा एअर भैरहवाबाट सिधै कुवेत उडेको छ भने बाँकी जहाज तालिका अनुसार काठमाण्डौ हुँदै यात्रु लिएर गन्तव्यतर्फ गएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय