LIVE
एमालेद्वारा राष्ट्रिय भेलाको तयारी सुरु | नियमित महाधिबेशन पक्षधरको रुपन्देही क्षेत्र नं. ५ को क्षेत्रीय अधिबेशन सम्पन्न | कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ | थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड |

मंसिर ६, काठमाण्डौ – काठमाण्डौ नरेफाँटको एउटा घरमा गएराति आगलागी भएको छ ।

गएराति पौने १२ बजेतिर बालकुमारी गेट नजिकै सीसीआरसी कलेजको छेउमा रहेको स्वाभिमान श्रेष्ठको घरमा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक दलकुमार राईले  जानकारी दिनुभएको छ ।

आगलागीबाट घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गर्नुभएको ‘डगेरा फार्मेसी’ जलेर नष्ट भएको छ । यसैगरी आगलागीबाट श्रेष्ठको घरसँगै एउटा पान पसल र मःम पसल पनि जलेको प्रहरीले जनाएको छ । सँगैको ‘जुम्बा डान्स सेन्टर’ पनि जलेको छ ।

आगलागीमा परेका पसलका व्यक्तिहरुले नै क्षतिको अनुमानित विवरण दिन नसकेका कारणले आगलागीबाट भएको क्षतिको विवरण यकिन नभएको राईले बताउनुभएको छ । पाँचवटा दमकलको सहयोगमा एक घण्टापछि आगो निभाइएको थियो ।

आगो निभाउन काठमाण्डौका तीन र ललितपुरका दुईवटा दमकलका साथै प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय