LIVE
बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना |

कपिलवस्तु  ।

कपिलवस्तुको यशोधरा गाउँपालिकामा आयोजित तीनदिने निःशुल्क आँखा शिविरबाट एक हजारभन्दा बढी लाभान्वित भएका छन् ।

यशोधरा गाउँपालिका कपिलवस्तुको आयोजना र छन्द काले बाबु नारायणी आँखा अस्पताल बहादुरगन्जको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा गाउँपालिकाका आठ वटै वडा गरी एक हजार १७ जनाले आँखाको जाँच तथा उपचार गराएका यशोधरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्रकुमार मिश्राले बताउनुभयो ।

शिविरमा आँखा जाँच गराएकामध्ये मोतीविन्दुको पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । शिविरबाट मोतीविन्दुको पहिचान भएका २६७ जनाको शल्यक्रिया गरिएको उहाँको भनाइ छ । शिविरमा ५०८ जनालाई औषधी तथा २४२ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो ।

शिविरमा सेवा लिएका सेवाग्राहीले खुसी व्यक्त गर्दै यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् । एक वृद्ध सेवाग्राहीले भने, “हामी जस्ता वृद्धका लागि यस्तो सेवा धेरै उपयोगी छ । आँखा जाँच गराउन टाढा जानुपर्दा समस्या हुने गथ्र्यो तर अब गाउँमै उपचार पाउँदा खुसी लागेको छ ।”

सो अवसरमा बोल्दै यशोधरा गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारीले शिविरले स्थानीयवासीलाई गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्न मद्दत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता शिविरले विशेष गरी दक्षिणी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध भएको छ ।” आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय